मल्टीपर्पस फाइनान्सको २७औं वार्षिक सभा सम्पन्न
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पुस २८ गते कम्पनीका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत २७औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वार्षिक वित्तीय विवरण आव २०८०र८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ ।
साथै, वित्तीय संस्थाले निकट भविष्यमा आफनै भवनबाट कारोबार सञ्चालन गर्नको लागि बिधापती चौंकबाट करिब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालय सँगै टासिएको डेढ कठ्ठाजग्गा खरीद गरी घर निर्माणको प्रकृया अगाडी बढाएको कुरा समेत कम्पनीले सभामा जानकारी गराएको छ ।
कम्पनीको सुचना प्रबिधिलाई समय सापेक्ष बनाउने र बैंकिंङ कारोबारलाई सहज गर्न अत्याधुनिक सफटवेयर जडान गरी कारोवार सञ्चालन गरिरहेको र वित्तीय संस्थाको कारोबार बिस्तारको लागि थप २ वटा शाखामध्ये सर्लाही जिल्लाको कौंडेना गाउपालिका र गौंडैता नगरपालिकामा गत महिनाबाट सञ्चालनमा ल्याईसकेको समेत सभामा जानकारी दिएको छ ।
प्रकाशित समय : १४:४२ बजे





















