back
himalayan life

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।

विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए । यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।

स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले स्पष्ट पारेको छ । यस्तो प्रतिकूल परिस्थितिमा पनि अत्यन्तै संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताए ।

उनका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गर्दछ, तर हालको मूल्यवृद्धिपछि यो अनुपात झण्डै ५० प्रतिशत हाराहारीमा पुगेको छ । यससँगै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्चहरू समेत उल्लेखनीय रूपमा बढेका छन् ।

हालको परिस्थितिमा इन्धनको मूल्य सामान्य हुन समय कुर्नु बाहेक अन्य विकल्प नरहेको कम्पनीले जनाएको छ । स्थिति सामान्य बन्दै जाँदा पर्यटन क्षेत्र पुनः सशक्त रूपमा उभिने विश्वास पनि व्यक्त गरिएको छ ।

पर्यटन क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारले सहकार्य गर्दै यस क्षेत्रलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । यी सबै चुनौतीपूर्ण परिस्थितिकाबीच पनि बुद्ध एयर नवनिर्वाचित सरकारसँग सहकार्य गर्दै हवाई सेवा तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३९

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...