back

निलगिरी र तिलिचो हिमालः मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

nactional life

जोमसोम । मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने निलगिरी हिमाल र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन् । अन्नपूर्ण हिमश्रृंखलाभित्र पर्ने यी हिमालहरू जोमसोम, मार्फा, थासाङ, फ्याक, धाकरझोङ, कागबेनी, उपल्लो मुस्ताङका धेरै गाउँहरू तथा कोरला क्षेत्रबाट स्पष्ट रूपमा देख्न सकिन्छ ।

यही कारणले यी हिमालहरू मुस्ताङका स्थानीय बासिन्दा र यहाँ घुम्न आउने पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेका छन् । मुस्ताङका प्रायः प्रत्येक गाउँको संस्कृति, परम्परा र जनजीवनसँग निलगिरी हिमाल गहिरोसँग जोडिएको पाइन्छ। धार्मिक विश्वास, पर्व–परम्परा तथा स्थानीय कथनहरूमा निलगिरी हिमालको विशेष महत्व रहेको छ ।

निलगिरी हिमाल घरपझोङ गाउँपालिका–५, ठिनी क्षेत्रमा अवस्थित छ । विशेषगरी जोमसोम, ठिनी र ढुम्बा गाउँको खानेपानी, सिँचाइ, चरनभूमि, वनजंगल तथा पूजा–संस्कृति र दैनिकी जीवनशैली यस हिमालसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

ठिनीकी स्थानीय सरिता थकाली का अनुसार निलगिरी हिमाललाई स्थानीय भाषामा ‘लोथोघाङ’ भनिन्छ । उनका अनुसार लोथो ले दक्षिण दिशा जनाउँछ भने घाङ को अर्थ हिमाल हो । उपल्लो मुस्ताङबाट हेर्दा यो हिमाल दक्षिणतर्फ देखिने भएकाले यस नामले चिनिएको हो ।

त्यस्तै, घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ का स्थानीय आशबहादुर थकाली का अनुसार थकाली भाषामा निलगिरी हिमाललाई ‘ल्हामच्यु घाङ’ भनिन्छ । ल्हामच्यु को अर्थ हात्तीको सुड जस्तो आकार र घाङ को अर्थ हिमाल हो । हात्तीको सुडजस्तै आकृतिमा उभिएको हिमाल भएकाले पुर्खाहरूले यस नामकरण गरेको उनको भनाइ छ ।

कागबेनीका स्थानीय छेपतेन गुरुङ का अनुसार वारागुङ क्षेत्रको स्थानीय भाषामा निलगिरी हिमाललाई ‘शेरघाङ’ भनिन्छ । यहाँ शेर को अर्थ सुन र घाङ को अर्थ हिमाल हो । घाम उदाउँदा र अस्ताउँदा हिमाल सुनले जलप लगाएजस्तो देखिने भएकाले यस नामले चिनिएको गुरुङले बताए ।
हरेक गाउँमा निलगिरी हिमालसँग जोडिएका आफ्नै कथा, विश्वास र विशेषता रहेको पाइन्छ । यही कारणले स्थानीयवासीहरूले यस हिमाललाई पवित्र हिमाल का रूपमा लिने गरेका छन् । निलगिरी हिमालको उचाइ ७,०६१ मिटर रहेको छ भने तिलिचो हिमाल को उचाइ करिब ७,१३४ मिटर रहेको छ । यी दुबै हिमालहरूले यस क्षेत्रको हिमाली भव्यतालाई अझ थप उचाइ दिएका छन् ।

अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गतको इलाका संरक्षण कार्यालय, जोमसोमका प्राकृतिक श्रोत संरक्षण सहायक रेन्जर दीपक ओली का अनुसार निलगिरी हिमालको फेदीका खर्कहरू हिउँ चितुवाको प्रमुख बासस्थान हुन् । त्यस्तै, आसपासका वन क्षेत्रमा लोपोन्मुख डाँफे, कस्तुरी मृग, नाउर लगायतका वन्यजन्तुहरू पाइन्छन् ।

यस क्षेत्र जडिबुटी तथा विभिन्न प्रकारका बनस्पतिले पनि धनी रहेको बताउँदै उनले परिस्थितिक प्रणालीको सन्तुलनमा निलगिरी र तिलिचो हिमालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । यी हिमालहरूले मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन, सांस्कृतिक पहिचान र प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

वि.सं.२०८३ जेठ १३ बुधवार १६:१०

काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क...

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:१६

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले...