back

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nactional life

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ ।

बैंकले उक्त आईपीओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर जारी गरिँदैछ ।

कुल निष्कासित शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो ।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।...

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले...