back

पोखराको पर्यटन : कोटिहोमका कारण होटल र होमस्टे भरिभराउ ,‘पोखरा भ्रमण वर्ष २०२५’का लागि ऐतिहासिक अवसर

पर्यटनको प्रचारप्रसार ठूलो सहयोग

nactional life

काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले पोखरामा धार्मिक स्थलहरुको प्रचारप्रसारका साथै पर्यटकहरुलाई थप आकर्षित गरेको सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् ।

पोखरा महानगरपालिकाले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । महायज्ञले उक्त भ्रमण वर्षलाई सफल पार्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्बन्धित निकायहरुले प्रतिक्रिया दिए। महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले कोटिहोम महायज्ञ लागिरहँदा विभिन्न जिल्लाबाट धार्मिक अनुरागी व्यक्तित्वहरु आइरहेकाले पर्यटनलाई अगाडि बढाउन मद्दत पुगेको बताए । यस्ता धार्मिक कार्यहरुले स्वभाविक रुपमा पोखराको धार्मिक पर्यटनलाई अगाडि लैजाने उनको भनाइ छ ।

उनले भने,‘स्वभाविक रुपमा यहाँ ठूला कोटिहोम महायज्ञ लागिरहँदा विभिन्न जिल्लाबाट वा ठाउँ ठाउँबाट धार्मिक अनुरागीहरु व्यक्तित्वहरु आउनुभएको छ । जसका कराण पर्यटनलाई केही हदसम्म अगाडि बढाउने कुरामा सहयोग पुराएको छ । यस्ता धार्मिक कार्यहरुले स्वभाविक रुपमा यहाँको धार्मिक पर्यटनलाई अगाडि लैजान्छ नै ।’

यस्तै,पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले कोटिहोममार्फत अहिले धेरै आन्तरिक धार्मिक पर्यटक र केही वाह्य पर्यटकहरुको आगमन भएको बताए ।

उनले भने,‘ यो दुर्लभ क्षण हो । पर्यटनको प्रचारप्रसार ठूलो सहयोग मिलेको छ । कन्सर्टहरुजस्तै सांस्कृतिक इभेन्ट पनि भइरहेको छ । यस्ता खालका जुनसुकै इभेन्टहरुले पोखरामा पर्यटकहरु आइपुग्छन् । कोटिहोमको मार्फत अहिले धेरै आन्तरिक धार्मिक पर्यटन र केही वाह्य विशेषगरी भारतीय पर्यटकहरुको आगमन भएको छ ।’

यसमा थप्दै उनले भने,‘पोखरामा भ्रमण वर्षको छेको पारेर कोटिहोम आयोजना भएको र सबैभन्दा बढि मानिस भित्र्याउने भन्ने उद्देश्यले भएकाले यहाँका गन्तब्य स्थलहरुमा धार्मिक पर्यटक भित्र्याउँदै महत्वपूर्ण योगदान गरेको नै देखिन्छ ।’

त्यस्तै,गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष उदय सुवेदीले कोटिहोमले पर्यटन क्षेत्रमा राम्रै प्रभाव पारेको प्रतिक्रिया दिए । अहिले अफ सिजन सुरु भएको अवस्थामा कोटिहोमले गर्दा विदेशी पर्यटकहरुमा पनि सकारात्मक प्रभाव पारेको उनको भनाई छ ।

उनले भने,‘कोटिहोमले पर्यटन क्षेत्रमा राम्रै प्रभाव पारेको छ । धार्मिक पर्यटकहरुको आउने क्रम छ। दर्शन गर्न आउनुहुन्छ । सेलिब्रेटीहरुको पनि उपस्थिति रहेको छ । यसले सकारात्मक प्रभाव नै पारेको छ । पर्यटनको क्षेत्रमा यतिबेलाको समय अलिकति अफ सिजन हो । भारतमा चाँही धेरै गर्मी भएकाले भारतीय पर्यटन आउने सिजन हो ।  तर अन्य विदेशी पर्यटकको विषयमा लो सिजनमा कोटिहोम गरिदिएकाले सकारात्मक प्रभाव पारेको छ ।’

त्यस्तै उनले खाली हुने समयमा पनि पोखराका प्रायजसो सबै होटलहरु कोटिहोमको कारणले नै भरिएको जानकारी गराए ।

उनले भने,‘आन्तरिक पर्यटनको बढुवा गर्नलाई पनि राम्रो प्रभाव पारेको छ । अहिले यो खाली हुने समयमा पनि लगभग ४०–५० वटा होटलहरु त उहाँहरुको कारणले नै भरिएका छन् । त्यसकारण पनि पर्यटनमा राम्रै प्रभाव पारेको छ भन्ने मलाई लागेको छ ।’

त्यसैगरी,मानव सेवा फाउनडेसनका संस्थापक एवम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीमजराजले पनि कोटिहोममा भक्तजनहरुको उत्साहजनक उपस्थिति रहेको प्रतिक्रिया दिए ।

आयोजक मानवसेवा फाउन्डेसनका अनुसार श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । बिशेष गरि शनिबार र अन्य बिदाको दिनमा भक्तजनहरुको संख्या धेरै हुने गरेको फाउन्डेसनको दाबी छ ।

कोटिहोममा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, भागवत मञ्जरी राधिका दासी, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतले कोटीहोममा कथा वाचन गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

वि.सं.२०८३ जेठ १३ बुधवार १६:१०

काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क...