back

महिनावारी स्वच्छता दिवसमा एक्स-पोज नेपालले गर्याे साइकल र्‍याली

nactional life

काठमाडाैं। महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स-पोज नेपालले एघाराैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे उपलक्षमा साइकल र्याली आयाेजना गरेकाे छ ।

महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा साइकल र्‍याली गरेकाे हाे ।

ललितपुरकाे मंगलबजारबाट सुरूभएकाे साइकल र्याली काठमाडाैंकाे बसन्तपुर पुगेर फेरी मंगलबजारमा नै आएर टुँङ्गिएकाे थियाे । र्यालीमा लगभग चार सय महिला पुरूष साइकलयात्री सहभागी भएका थिए भने नब्बे प्रतिशत महिला सहभागी भएकाे आयाेजक संस्था एक्स-पोज नेपालले जनाएकाे छ ।

साइकल र्‍याली समापनका प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णा कुमारी पौडेल खतिवडाले महिनावारी प्राकृतिक नियम भएकाे र प्राकृतिक महिनावारीकाे मुद्दा पुरूष जाे एक्स-पोज नेपालका अध्यक्ष नेपालकै प्याड म्यान भनेर चिनिने ज्ञान महर्जनले उठाउनुभएकाेले उहाँलाई महिनावारी सुरक्षित बनाउनका लागि राज्यले र स्थानीय सरकारले साथ दिनुपर्ने बताउनुभयाे । उहाँले महिनावारीकाे समयमा अछुत जस्तै ब्यबहार गरिने पनि महिलानै भएकाेले यस्ताे किसिमकाे ब्यबहारलाई सुधार्नुपर्ने बताउनुभयाे ।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरू महिनावारीकाे कुरा ढुक्कले गर्नसक्ने हैसिएतमा पुगेकाेनै गणतन्त्रका कारणले भएकाे बताउनुभयाे । उहाँले गणतन्त्र नआएकाे राष्ट्रहरूमा महिलहरू उत्पिडनमा पर्नुपरेकाे बताउँदै साइकल चढेर महिलाहरू परिवारबाट, समाजबाट ढुक्कसंग शहर घुम्नसक्ने बाताबरण भएकाे गणतन्त्रले भएकाे बताउनुभयाे ।

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलाे वर्ष अर्थात आठवर्ष पहिले गरेकाे पहिलाे साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकाे मा एक जना महिला सहभागी भएकाे बताउनुहुँदै यस वर्ष चार सय सहभागीमा ९० प्रतिसत महिला र्यालीमा सहभागी भएकाे बताउनुभयाे ।

यस वर्ष ” समय-मैत्री संसार” को लागि सँगै ” भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइएकाे छ । यस अभियानमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल, वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, आरएचआरएन, डिडब्लुडीलगाएतका संस्थाहरूकाे सहयाेग रहेकाे जनाइएकाे छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...