back

यति एयरको बेतिथि (प्रमाणसहित): समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासन लेख्यो कारबाही पत्र

जुम्ला। नेपालगन्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला निवासी गोविन्दबहादुर महतले छुटेका हुन् ।

उनी अनलाइन टिकट काटेर नेपाल नेपालगन्जबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर, जहाज समय अगावै जुम्ला उडाइएको भन्दै बाँके प्रशासनमा निवेदन दिएका थिए । उनले दिएको निवेदनको सुनुवाइ गर्दै बाँके प्रशासनले कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र काटेको गरेको छ ।

बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरण नेपालगन्जलाई मंगलबार आवश्यक कारबाही गर्नभन्दै पठाएको पत्र काटेको हो । उक्त पत्रमा भनिएको चन्दननाथ नगरपालिका- ७ जुम्ला बस्ने गोविन्दबहादुर महतले दिएको निवेदनको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ मा जहाजको टिकटलगायत कागजातको छायाप्रति यसैसाथ संलग्न गरी आवश्यक कारबाहीको लागि पठाइएको भन्दै आदेश गरिएको छ ।

त्यस्तै निवेदक महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङसमेत गरिसकेको अवस्थामा समय अगावै जहाज उडेको भन्दै उनले कारबाहीका लागि निवेदन दिएका छन् ।

टिकटमा एक बजेको समय दिइएको भए पनि जहाज समय अगावै उडेको उनले बताएका छन् ।


भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:४२

काठमाडौं । एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको...

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:४५

काठ्माडौ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको...

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:२४

काठमाडौँ । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका...

सगरमाथा आधार सिबिर जाने बाटो स्तरोन्नतीको काम ८० प्रतिशत सकियो

सगरमाथा आधार सिबिर जाने बाटो स्तरोन्नतीको काम ८० प्रतिशत सकियो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२४

सोलु । सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको...

पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ

पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ

वि.सं.२०८२ वैशाख ८ सोमवार ११:३५

सोलु । सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित...

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:४८

इटहरी । ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८...