back
himalayan life

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको मुद्दामा सुनुवाइ गर्दै धितोपत्र सम्बन्धी ऐनको प्रक्रिया मिचेर उनलाई हिरासतमा राखिएको निष्कर्ष निकालेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले आइतबार जारी गरेको परमादेशमा अभियुक्तसँग धरौटी वा जमानत माग नगरी सिधै थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरिदिएको हाे ।

धरौटी माग गर्न आदेश, बन्दी प्रत्यक्षीकरण अस्वीकृत

अदालतले गोल्छालाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज गरेको छ। अदालतका अनुसार कानुनी प्रक्रिया पालना गराउन परमादेश नै पर्याप्त हुने भएकाले बन्दी प्रत्यक्षीकरण जारी गरिरहनु नपर्ने देखिएको हो। अब अनुसन्धान अधिकारीले धितोपत्र ऐन अनुसार आवश्यक धरौटी वा जमानत मागेर मात्र अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्नेछ।

बीमा कसुरमा पक्राउको बाटो खुला

धितोपत्र मुद्दामा धरौटी बुझाएर छुट्ने बाटो खुले पनि गोल्छाको संकट अझै टरेको छैन। उनीविरुद्ध बीमा ऐन, २०७९ सम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको र प्रहरीले पक्राउ पुर्जी समेत लिइसकेको छ।धितोपत्र मुद्दामा धरौटी बुझाएर निस्कने बित्तिकै प्रहरीले उनलाई बीमा सम्बन्धी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गर्न सक्ने कानुनी बाटो खुला रहेको अदालतले प्रस्ट पारेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

वि.सं.२०८३ असार ४ बिहीवार १७:१६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का...

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

वि.सं.२०८३ असार ४ बिहीवार १७:१४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन...

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

वि.सं.२०८३ असार ४ बिहीवार ११:२५

काठमाडौँ । पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

वि.सं.२०८३ असार ४ बिहीवार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने...

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

वि.सं.२०८३ असार ४ बिहीवार १०:५३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल...