back

वैचारिक द्वन्द्व र नेपालमा ट्रान्सजेन्डर आन्दोलन

विचारको ठाउँमा उन्मूलनः नेपालमा बहिष्कारको राजनीति

नेपालको ट्रान्स आन्दोलन अहिले दोबाटोमा छ । एकातर्फ, यो आंदोलनले बहिष्कार, क्यान्सिल कल्चर (रद्द संस्कृति), र ‘पीडितपना’को हतियारिकरणमार्फत आफूलाई सबैभन्दा पीडित बनाउने दौडमा लाग्न सक्छ । अर्कोतर्फ, यसले बहस, आत्मसमीक्षा र विचारको विविधतालाई अँगाल्दै, पूर्वीय समावेशी दृष्टिकोणमा आधारित परिवर्तनको बाटो अँगाल्न सक्छ  ।

सारा शुलमैनको क्रान्तिकारी पुस्तक ‘कन्फिल्ड इज नट अबुस’(वैचारिक द्वन्द्व दुव्र्यवहार होइन) ले आजको विश्वभरि फैलिएको एक खतरनाक प्रवृत्तिप्रति औँला ठड्याउँछ । सामान्य वैचारिक असहमतिको अवस्था वा द्वन्द्वलाई ‘दुव्र्यवहार’को रूपमा अतिरञ्जित गर्दै, त्यसका माध्यमबाट अरूलाई दोष दिने, बहिष्कार गर्ने र आफूलाई सधैं पीडितको रूपमा स्थापित गर्ने प्रवृत्ति छ । सारा शुलमैनका यी विश्लेषणहरू नेपालमा बढ्दो ट्रान्स आन्दोलनभित्र देखिएको आन्तरिक संघर्षसँग गहिरो रूपले प्रतिविम्बित हुन्छन् । जहाँ केही ट्रान्स अधिकारकर्मीहरूले नेपालका सुनिलबाबु पन्तलाई विचारात्मक असहमति होइन, व्यक्तिगत दमनकारीको रूपमा चित्रण गर्दै रद्द गर्न खोजिरहेका छन् ।

नेपालका खुलेर आएका पहिलो समलैंगिक सांसद, ब्लु डायमण्ड सोसाइटीका संस्थापक र पछिल्लो समय ःमायाको पहिचान नेपालमार्फत समावेशी आर्थिक अधिकार, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा क्रियाशील पन्तमाथि पछिल्ला वर्षहरूमा केही ट्रान्स कार्यकर्ताहरूले संगठित बहिष्कार र दाताहरूमा ‘क्यान्सल’ गर्न दबाब दिने प्रयास गर्दै आएका छन् । यस्ता कार्यहरूले विचारका स्तरमा आवश्यक हुने संवाद, आलोचना र सह–अस्तित्वको संभावनालाई पूरै अस्वीकार गर्छ ।
तर सारा शुलमैनले चेतावनी दिन्छन् –वैचारिक द्वन्द्व र दुव्र्यवहार एउटै कुरा होइनन् । जब आलोचना, असहमति वा फरक दृष्टिकोणलाई हिंसा वा अपमानका रूपमा व्याख्या गरिन्छ, तब व्यक्तिले केवल आफ्नो ‘पीडितपना’लाई हतियार बनाउँछ, जवाफदेहिता होइन ।

विचारको ठाउँमा उन्मूलनः नेपालमा बहिष्कारको राजनीति
ट्रान्स आन्दोलनभित्र देखिएको यो प्रवृत्ति अब केवल व्यक्तिगत मतभेदको विषय होइन । यो संस्थागत बहिष्कारको स्वरूप लिइसकेको छ । जहाँ पन्तसँग वैचारिक मतभेद राख्ने कार्यकर्ताहरू अन्य संस्थाहरूलाई दबाब दिन्छन्–‘उहाँलाई बोलाउनु हुँदैन,’ ‘मिडियाले उहाँलाई नछापोस्,’‘दाताले उहाँलाई नदिउन् ।’ यस्ता मागहरू आलोचनाका नाममा दमन हुन् । ती बहस होइनन्–संस्कृतिकै ‘शुद्धिकरण’ अभियान हुन् ।

सारा शुलमैन भन्छिन्,–‘जब समूहले आफूभित्रका समस्या हेर्न अस्वीकार गर्छ, उनीहरूले बाहिरी ‘दुश्मन’ सिर्जना गर्छन् जसलाई दोष दिन सकियोस् ।’ नेपालका केही ट्रान्स नेतृहरूले आज यही गर्दैछन् । स्वआलोचना गर्नुको सट्टा, पन्तलाई ‘समस्या’को रूपमा चित्रण गर्दै आफैंको ‘पहिचान राजनीति’लाई सुरक्षित राख्ने प्रयास गरिरहेका छन् ।

पूर्वीय र पाश्चात्य दृष्टिकोणः लिङ्ग पहिचानको विविधता
यस विवादमा विचार गर्नुपर्ने अर्को गहिरो तह हो—लैङ्गिक पहिचानसम्बन्धी सांस्कृतिक दृष्टिकोणको भिन्नता । पाश्चात्य (विशेष गरी अब्राहमिक संस्कृतिहरू–जस्तै यहूदी, इस्लाम, इसाई) ले लिङ्गलाई दुईवटा मात्र मान्छन् । पुरुष र महिला मात्र मान्छन् । यो दृष्टिकोण आधुनिक ट्रान्स अधिकार आन्दोलनको धेरै पक्षमा प्रभावशाली देखिन्छ, जहाँ लिङ्ग पहिचानलाई व्यक्तिगत आत्मबोध मात्रको रूपमा हेरिन्छ ।

तर पूर्वीय तथा आदिवासी संस्कृतिहरूमा, लिङ्गको परिभाषा अत्याधिक समावेशी र बहुआयामिक रहँदै आएको छ । बौद्ध धर्ममा कम्तीमा पाँच लिङ्गहरूको वर्णन पाइन्छ । नेपालको मातृसत्तात्मक इतिहासमा ६ वा ७ लिङ्गसम्मको स्वीकृति थियो । हिन्दू धर्ममा पनि त्रितीयप्रकृति वा शिव–शक्तिकोअवधारणा रहेको छ,जसले दुईवटा भन्दा धेरै लिङ्गहरूको स्वीकृति र सम्मान गरिएको छ ।
पन्तको दृष्टिकोण यस पूर्वीय विविधतालाई समेट्ने प्रयास हो—जहाँ लिङ्ग केवल यौन–अंगको उपज होइन । शारीरिक, सामाजिक, र सांस्कृतिक पहिचानको समुच्चय हो । तर आजका केही ट्रान्स नेतृहरूले पश्चिमी व्यक्तिगत पहिचानवादी दृष्टिकोण मात्रलाई ‘सही’ मान्दै, अरू सबै धाराहरूलाई रद्द गर्न खोज्दैछन् ।

आलोचना ‘डर’ होइन—प्रगतिका लागि अपरिहार्य औजार
प्रश्न उठ्छः के हामी बहस गर्न सक्दैनौं? के विचार फरक पर्नु ‘हिंसा’ हो ? यदि सुनिलबाबु पन्तको दृष्टिकोण, रणनीति वा व्यवहारप्रति असहमति छ भने, त्यो कुरा बहसको माध्यमबाट सम्बोधन हुनुपर्छ । बहिष्कार र बहस नर्गर्ने रणनीतिले सामाजिक आन्दोलनको नैतिक शक्ति गुमाउँछ ।
सारा शुलमैनले सही भन्छिन्–‘असहमतिको सामना गर्न नसक्नु सत्ताको डर हो, न्यायप्रति प्रतिबद्धता होइन ।’ यदि ट्रान्स आन्दोलनले आफूभित्रका आलोचनालाई सहन नसक्ने हो भने त्यो आन्दोलन पक्कै पनि मुक्तिको बाटोमा छैन ।

निष्कर्ष
नेपालको ट्रान्स आन्दोलन अहिले दोबाटोमा छ । एकातर्फ, यो आंदोलनले बहिष्कार, क्यान्सिल कल्चर (रद्द संस्कृति), र ‘पीडितपना’को हतियारिकरणमार्फत आफूलाई सबैभन्दा पीडित बनाउने दौडमा लाग्न सक्छ । अर्कोतर्फ, यसले बहस, आत्मसमीक्षा, र विचारको विविधतालाई अँगाल्दै, पूर्वीय समावेशी दृष्टिकोणमा आधारित परिवर्तनको बाटो अँगाल्न सक्छ ।

सुनिलबाबु पन्तलाई ’रद्द’ गर्नुले न्याय ल्याउँदैन—बरु यसले हाम्रो आन्दोलनबाट सबैभन्दा अनुभवी, विचारशील र प्रगतिशील आवाजहरूलाई मौन बनाउने काम गर्छ, त्यो पनि ठीक त्यही बेला जब हामीलाई तिनको आवश्यकता सबैभन्दा बढी छ । किनभने, अन्ततः (वैचारिक) द्वन्द्व दुव्र्यवहार होइन ।

nactional life
Corporatebazar 11 Anniversary

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७

सर्वोच्च अदालतको इतिहासमा अहिलेसम्म एक जना पनि दलित न्यायाधीश नहुनु...