back

निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् ।गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान थुपारेर क्षति पुगेको मन्थली– चिसापानी सडक मर्मत र सफा गर्नको लागि सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई अनुरोध गर्दा पनि चासो नदिए पछि सडक संरक्षणको लागि स्थानीय नै जुटेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

सो सडकको जबदे क्षेत्रको सबैभन्दा बढी क्षति पुगेको भागमा गेग्र्यान पन्छाउने, नाला सफा गर्ने तथा कटान गरेको ठाउँलाई पुर्ने काम गरिएको श्रेष्ठले बताए । अन्य क्षेत्रमा पनि अब स्थानीय नै मिलेर सडक संरक्षणमा जुट्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

जिल्ला पूर्वाधार कार्यालय मार्फत भएको सो सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले सडक जिम्मा नलगाइसकेको अवस्थामा सडक संरक्षणको जिम्मा निर्माण कम्पनीकै हुने भए पनि त्यसको संरक्षणमा दुवै निकायले ध्यान नदिएका श्रेष्ठले गुनासो गरे । ‘जिम्मा त उनीहरूको हो, क्षति हुँदा हाम्रो हुन्छ, सडक रोकिँदा हाम्रो रोकिन्छ, त्यसैले सडक जोगाउने काममा लागेका हौँ’, श्रेष्ठले भने ।

सडकको निर्माण र संरक्षणमा निर्माण कम्पनी र जिम्मेवार कार्यालयले निक्कै लापरबाही गरेका श्रेष्ठको गुनासो छ । ‘सडक मर्मतको लागि पटक पटक वडाको तर्फबाट ताकेता गर्दा पनि भएको छैन’, उनले भने ।


संघीय निजामती विधेयकमाथिको विवाद अन्त्य, उत्साह थप्यो, कार्यान्वयनको प्रतिक्षा

संघीय निजामती विधेयकमाथिको विवाद अन्त्य, उत्साह थप्यो, कार्यान्वयनको प्रतिक्षा

वि.सं.२०८२ जेठ ३ शनिवार १०:०४

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

स्याउमा रोग लाग्न थाल्यो: उत्पादनमा कमी आउने संकेत

स्याउमा रोग लाग्न थाल्यो: उत्पादनमा कमी आउने संकेत

वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:२५

मुगु । मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि...

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:२९

जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका- ५ को सिमसार मैदानमा पहिलो...

बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:२१

हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि...

तामाकोसी कटानले देवीटार बजार जोखिममा

तामाकोसी कटानले देवीटार बजार जोखिममा

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:३२

रामेछाप । तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र...