back
himalayan life

निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् ।गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान थुपारेर क्षति पुगेको मन्थली– चिसापानी सडक मर्मत र सफा गर्नको लागि सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई अनुरोध गर्दा पनि चासो नदिए पछि सडक संरक्षणको लागि स्थानीय नै जुटेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

सो सडकको जबदे क्षेत्रको सबैभन्दा बढी क्षति पुगेको भागमा गेग्र्यान पन्छाउने, नाला सफा गर्ने तथा कटान गरेको ठाउँलाई पुर्ने काम गरिएको श्रेष्ठले बताए । अन्य क्षेत्रमा पनि अब स्थानीय नै मिलेर सडक संरक्षणमा जुट्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

जिल्ला पूर्वाधार कार्यालय मार्फत भएको सो सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले सडक जिम्मा नलगाइसकेको अवस्थामा सडक संरक्षणको जिम्मा निर्माण कम्पनीकै हुने भए पनि त्यसको संरक्षणमा दुवै निकायले ध्यान नदिएका श्रेष्ठले गुनासो गरे । ‘जिम्मा त उनीहरूको हो, क्षति हुँदा हाम्रो हुन्छ, सडक रोकिँदा हाम्रो रोकिन्छ, त्यसैले सडक जोगाउने काममा लागेका हौँ’, श्रेष्ठले भने ।

सडकको निर्माण र संरक्षणमा निर्माण कम्पनी र जिम्मेवार कार्यालयले निक्कै लापरबाही गरेका श्रेष्ठको गुनासो छ । ‘सडक मर्मतको लागि पटक पटक वडाको तर्फबाट ताकेता गर्दा पनि भएको छैन’, उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

वि.सं.२०८३ असार ८ सोमवार १९:२२

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १...