back
himalayan life

देशलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो : इप्पान

नीतिगत अन्योल र प्रशासनिक उल्झनका कारण ऊर्जा क्षेत्रले ठूलो क्षति व्यहोरिसक्यो, अब चुप बस्दैनौँ 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले सरकारको भनाइ र गराइका बीचमा तादात्म्यता आवश्यक रहेको बताएको छ । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नवनिर्वाचित कार्यसमितिसँगको विशेष छलफल कार्यक्रममा इप्पानका पदाधिकारीले सरकारले लिएको लक्ष्य र सरकारी निकायका गतिविधिबीच अन्तर हुन नहुने बताएका हुन् ।

ऊर्जा विकास मार्गचित्र, भारत एवं बंगलादेशसँग भएका ऊर्जा सम्झौता, एक जनालाई पाँच लाख रुपैयाँबराबरको सेयरधनी बनाउनेलगायतका विषय राम्रा भएको इप्पानले जनाएको छ । ‘तर २३ अर्ब रुपैयाँबराबरका आईपीओ (प्राथमिक निष्कासन) सेबोन (नेपाल धितोपत्र बोर्ड)मा रोकिएका छन्,’ इप्पान अध्यक्ष गणेश कार्कीले भने, ‘वनको इस्युले पनि थप संकट निम्त्याउने देखिएको छ ।’

सर्वोच्च अदालतको फैसलाले ऊर्जासहित सबैखालका पूर्वाधार निर्माणमा समस्या सिर्जना गर्ने इप्पानको ठहर छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण खुला गर्नेगरी सरकारले गरेको कानुनी व्यवस्था खारेज गरिदिएपछि ऊर्जा व्यवसायी थप अन्योलमा छन् । फैसलाले जलविद्युत् क्षेत्रका अढाई सयभन्दा परियोजना र १९ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन प्रभावित हुने इप्पानले जनाएको छ ।

सरकारले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई अघि बढाउन पाउने प्रावधानसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन गरेको थियो । तर, सर्वोच्चको संवैधानिक इजलासले माघ २ गते राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्नका लागि अनुमति दिन बनाइएको कानुनी व्यवस्था नै खारेज गरेको छ ।

फैसलाको पूर्णपाठ भने आइसकेको छैन । ‘सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश सबैले ऊर्जा र अन्य पूर्वाधार विकासको राष्ट्रिय आवश्यकता बुझ्नुभएको छ,’ अध्यक्ष कार्कीले भने, ‘फैसलाको पूर्णपाठले हामीमा आशा जनाउने विश्वास छ ।’

त्यस्तै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले कृषि, पर्यटन र ऊर्जामध्ये अब ऊर्जा पहिलो प्राथमिकताको क्षेत्र बनेको बताए । ‘युवा बिदेसिएर खेत बाँझिएका कारण कृषि क्षेत्र पछाडि परिरहेको छ भने ऊर्जा लयमा आएको छ,’ उनले भने, ‘देशलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो, सरकारले पनि मार्गचित्र अघि सारेर निजी क्षेत्रका पनि ७५ प्रतिशत माग सम्बोधन गरेको छ तर मार्गचित्र कार्यान्वयनमा जानै नसक्ने स्थिति आउनु दु:खद् कुरा हो ।’

मन्त्रालय र विभागहरुले अपनत्व नलिने हो भने मार्गचित्रको लक्ष्यअनुसार विद्युत उत्पादन हुन नसक्ने इप्पानको ठहर छ । इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रमा विचौलियाको चलखेलले सीमा नाघेको संकेत गरे ।

‘अहिले बाहिर र भित्र दुवैतिरबाट कसरी हुन्छ ऊर्जा उद्यमीलाई अप्ठ्यारोमा पार्ने नियत देखिएको छ,’ उनले भने, ‘कुनै अमुक व्यापारिक घरानाको स्वार्थमा सारा ऊर्जा क्षेत्रमाथि नै कसरी अन्यायपूर्ण व्यवहार भइरहेको छ भन्ने जगजाहेर छ ।’

सरकारकै कारण ऊर्जा उद्यमीले इक्विटी रिफाइनान्सिङ गरेको पैसाको ब्याज नै ३ अर्बभन्दा बढी तिर्नुपरेको लामाले बताए । अबको एक हप्ता छलफल र अनुनयका लागि खर्चिने तर कुनै समाधान ननिस्किए इप्पान सडकमा उत्रिने चेतावनी उनले दिए । नीतिगत अन्योल र प्रशासनिक उल्झनका कारण ऊर्जा उद्यमीले ठूलो क्षति व्यहोरेको इप्पानले जनाएको छ ।

कार्यक्रममा इप्पान र इमानबीचको सहकार्यलाई थप बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको छ । इमान अध्यक्ष रोयल आचार्यले ऊर्जा क्षेत्रका जायज मागका पक्षमा इमान सदैव सँगै रहने प्रतिबद्धता जनाए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...