back
skip this Samagra

कम्युनिष्ट आन्दोलनको दिशा : झुकेको शिर र भत्केको भिर प्रति कसैको आश हुँदैन

वाम विश्लेषक

कम्युनिष्ट पार्टी २००६ सालमा गठन भए यता नेकपा देखि नेकपा सम्मको विभाजन चरम अवसरवाद र ढुलमुले परस्तवाद नै मुख्य कारण हो । यसले नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न समुहमा विभाजित हुन पुगेको छ । ठक्कर खान्छ, पहाडमा रिस फेछर्, घरको सिलौटोसँग झै भएको सिगो कम्युनिष्ट आन्दोलनको इतिहास । ‘चकचके गोरुको चार ठाउँमा डाम ठूलो माछो लड्यो मिलेर खाम’ भनेझै केहि फरक हुन सकेन । सामान्यतया कम्युनिष्ट पार्टी भनेको विपरितहरुको एकत्वमा नै हुने गर्दछ । यो विज्ञान सम्भत पनि छ ।

पार्टीलाई जिवन्त राखि राख्नको लागि अन्तरसंघर्ष अनिवार्य हुन्छ । यसले सहि कार्यदिशा मार्फत समाज अनि सिँगो युगको सापेक्षित गुणात्मकसँगै परिणाममूखी संघर्षको लाइनलाई निर्देशित गर्ने गर्दछ । नेपालका कम्युनिष्ट पार्टीहरुमा रणनैतिक कार्यदिशामा एकरुपता भएता पनि कार्यनीतिक उद्देश्यमा भने ठूलै मत भिन्नताको खाडल देख्न सकिन्छ । खुस्चेभी संसोधनवादी कार्यदिशाका कारण सिंगो सोभियत संघ कम्युनिष्ट कार्यादिशाको कारण महा–विवादमा फस्न पुग्यो ।

चीनमा माओको मृत्युपछि देङ्स्यावपिङको सुधारवादी नीतिका कारण लेनिनले स्थापना गरेको पूर्वी युरोपका समाजवादी सक्ताहरु गल्र्याम–गुर्लुम ढल्न पुग्यो । त्यसको प्रतिफल स्वरुप विश्वभरी नै कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितीमा पुग्न वाध्य भयो । विश्वभरी नै कम्युनिष्ट आन्दोलनमा नसोचेको धक्का लाग्दा नेपालमा पनि कम्युनिष्ट आन्दोलन भित्र सैद्धान्तिक र व्यवहारिक कुरामा भन्दा पनि फगत कार्यदिशाको सवालले रुमलिन पुग्यो ।

नेपाल जस्तो पछौटे अर्थनीति वर्ग विभेद, जातिविभेद, क्षेत्रिय विभेद र लैगिक विभेद भएको समाजमा नेतृत्वले ठोस परिस्थितीको ठोस विश्लेषण गर्न नसक्दा त्यसले विभेदपूर्ण समाजभित्र कम्युनिष्ट आन्दोलनको वस्तुगत अवस्था अनुकुल हुन सकेन ।

अतः सर्वहारा वर्गको अघिनायकत्व सहितको राज्य व्यवस्था कम्युनिष्टहरुको आधारभूत सिद्धान्त मान्ने गरिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न कालखण्डमा त्यसका लागि आम शोसित पिडीत जनताको तहबाट पहल र सर्घष भने नभएका होइनन् ।

२००३ सालको विराटनगरको मजदुर आन्दोलनले २००७ सालको प्रजातन्त्र स्थापना भयो । पाल्पा, रौतहट, वारा, सर्लाही, प्यूठान, काठमाण्डौ र कन्चनपुर लगायतका जिल्लाहरुमा भएका किसान आन्दोलनले गरेका संघर्ष जालि तमसुक च्यात्ने, चक्रवृद्धि व्याज विरुद्धको संघषर्, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदवन्दी लगायतका संघर्ष भएभने अर्को सुदरपश्चिममा भिमदत्त पन्थको नेतृत्वमा जमिनदारसँगै भारतिय हस्तक्षपका विरुद्ध समेत आन्दोलन केन्द्रित भयो ।

२०१७ सालमा राजा महेन्द्रको प्रजातन्त्र अपहण विरुद्धको सघर्ष २०२८ सालमा सामन्त विरुद्ध किसान माथिको दमन विरुद्ध आन्दोलन सृजना भएको थियो । यसको सुरुवात पञ्चायती तानासाही व्यवस्थाप्रतिको वैचारिक असहमतिका विरुद्ध यसले सशस्त्र संघर्षको पक्षपोषण गरेको थियो । २००७ सालदेखिको राजनीतिक इतिहासमा नेपालका मजदुर, किसान र आम शोशित, पिडित, सर्वहारावर्गले नेपालको कम्युनिष्ट पार्टीहरुको आवहानलाई सहयोग, सर्मथन गर्दै आएका छन् । हरेक परिवर्तनका आन्दोलनहरुमा त्यो वर्गको अंहम भुमिका रहँदै आएको छ ।

२०३६ सालको वहुदल र निर्दल विचको जनमत संग्रह २०४६ सालको निरंकुश राजतन्त्रात्मक निर्दलिय पञ्चायति व्यवस्थाको विरुद्ध २०१७ सालमा खोसिएको प्रजातन्त्र पुर्नवहाल गर्ने सवालमा नेपाली जनताले संघर्षको आँधिवेरी मार्फत प्रजातन्त्र ल्याउन सफल भएका थिए ।

०५२ साल फागुण १ गतेबाट सुरु भएको तत्कालिन नेकपा माओवादीको नेतृत्वमा जनयुद्ध सुरुवात देखि २०६३ मंसिर ५ गतेसम्म भएको १० वर्षे कठिन सशस्त्र संघर्षमा मुक्ति या मुत्युको कसम खाएर व्यवस्था परिर्वतन संघर्षमा होमिएका थिए । त्यसले माओवादी जनयुद्ध र ०६२÷६३ को जनक्रान्तिको वलबाट नेपालमा २४० वर्षे राजतन्त्रको विधिवत रुपमा अवसान हुन पुग्यो ।

जसको कारण लोकतान्त्रिक गणतन्त्र संघियता, धर्मनिरपेक्षता, समानुपातिक र समावेसी सहित नयाँ संविधान जारी भयो । जनताको रगत र पसिनाको वलमा पटक पटक व्यवस्था त परिवर्तन भयो । तर अवस्था भने जहाँको तँहिबाट अगाडि वढ्न नसकेको अनुभुति हुन्छ ।

असमानता कतै घटे जस्तो लाग्दैन । वेरोजगार युवालाई नेपाली माटोमा रमाउन सकिने व्यवस्था अझैआए जस्तो लाग्दैन । हाम्रो वारीमा फलेको फल परदेशी गिद्धले टपाटप टिप्दा पनि एउटा झटारो समेत हान्न सकिए जस्तो लाग्दैन । हाम्रो सिमानाको सिमा स्तम्भ छिमेकीको छाडा सांढेले उखेलेर फ्याकी दिदा खोजेर ल्याउन पनि सकिए जस्तो लाग्दैन । परिवर्तन कहाँ भयो ? कस्का लागि भयो ? अनुभूतिमा र व्यवहारमा कहि कतै देख्न पाइएको छैन । स्वाधिनता र सर्वभौमसत्ताको थरीथरी मसानघाटको खरानी घसेर नयाँ पुराना अधोरीहरु हातमा कमण्डलु वोकेर सत्ताको भिख माग्न छिमेकीका दैलो–दैलोमा मात्र धाउने गरेको मात्र देखिन्छ । लोकतान्त्रिक प्रणालीमा पार्टीहरु पद र पैसामा विक्रि हुन सक्दैनन् । अझ भन्ने हो भने लेनिनवादी संगठनमा त यस्तो कल्पना पनि गर्न सकिदैन । किन कि यो अन्य दक्षिणापन्थी पार्टीहरु भन्दा नितान्त फरक हुन्छन् । र, कम्युनिष्ट पार्टी पैसाको बलमा र पदको लोभ भन्दा पनि विचार, सिद्धान्त र आर्दशको वलमा निर्माण हुने गर्दछन ।

के नेपलाका कम्युनिष्ट पार्टी यो मुल्य मान्यता र आर्दशको जगमा उभिन सकेको छ । राष्ट्रको नेतृत्वगर्ने नेतृत्वमा पांच गुणहरु अनिवार्य जरुरी हुन्छ । जस्तै इमान्दारीता, निडरता, आर्दशता, वास्तविकता र वौद्धिकता तर हामीले हुर्काएको नेतृत्व त्यसको ठिक उल्टो छ । जस्तै वेइमानी, ढुलमुले, सत्तालिप्त, संखास्पद, अज्ञानीसँगै भ्रष्टतामा लिप्त छ । यसले नेपाली कम्युनिष्ट आन्दोलनको गरिमा गिर्दै गएको छ । इतिहासलाई सिमितामा कुज्याएर हिजोका उपलब्धीलाई भजाएर मिटरव्याज मात्र खाने राजनीतिक गिरोहले कम्युनिष्ट आन्दोलनको नै बदनाम गरिरहेको छ ।

कम्युनिष्ट पार्टी भित्र वैचारिक कार्यनीति र संगठनात्मक, अक्रमन्यता तथा तत्कालिन भु–राजनीति प्रति मत भिन्नता, व्यापक व्यवस्थापनमा समस्या, नेतृत्व पद्धती र मोडालिटीमा प्रश्न शुसासन र डेलिभेरीका मुद्धाप्रति वेवास्ता लगायत समस्याहरुबाट समग्र कम्युनिष्ट आन्दोलन गुज्रिन परेको यथार्थ हाम्रो सामु छलङ्ग छ । यो सबै नेतृत्वको क्रियाकलाप प्रति नयाँ पुस्ता असन्तुष्ट छ ।

नयाँ पुस्ताले नेतृत्वलाई मोनोपोलीका रुपमा बुझेको छ । अब यसलाई नयाँ पुस्ताले जरैबाट उखेलेर फ्याक्न सक्नुपर्दछ । नकचरोको ओखती नै छैन हजारौ मानिसहरुको रगत र पसिनाबाट उपलब्ध भएको यो व्यवस्था अवैधानिक शिसुझै भएको छ । न त मार्न र फ्याक्न सकिन्छ न त हुर्काउनै सकिने देखिन्छ । यो व्यवस्था यहि नेतृत्वबाट टिकाउन खोज्नु भनेको धुंगा टुसाउनु र उन्यू फुल्नु एकैझै हुनेछ ।

नेपालका कम्युनिष्ट पार्टीहरु भित्र मतभिन्नता दार्शनिक वा विचारधारात्मकमा भन्दा पनि राजनीतिक कार्यदिशा कार्यनीतिक र खास खास एजेण्डाको मतभिन्नता मात्र हो । भन्ने एउटा गर्ने अर्को जस्ता पाखण्डी चरित्र प्रर्दशनमा लगभग यी विभाजित समुहहरु उस्तै उस्तै छन् । टपरी माझेर चोख्याउनु र यिनीहरु सुध्रिनु एउटै हो । अर्थात व्यवहारवादी र जडसुत्रिय अवसरवाद कम्युनिष्ट पार्टीको नेतृत्वहरुको साझा चरित्र नै भैसक्यो । दक्षिणपन्थी संसोधनवासँंग कुम जोडेर उदारवादको हात समाएर वैज्ञानिक समाजवाद वा २१ औ सताव्दीको समाजवादको शिखरमा पुग्ने खुराफाती आश्वासनको पर्दाफास हुन जरुरी छ ।

झुकेको शिर र भत्केको भिर प्रति कसैको आश हुँदैन । ऐतिहासिक झापा विद्रोहबाट अगाडी वढेको माले हुँदै एमाले वन्ने क्रमसँगै वर्ग उत्थानका सृंखला वढ्दै जाँदा विश्वव्यापी दृष्टीकोण र नेपाली समाजमा रुपान्तरण हुन नसक्दा कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थी संसोधनवादको कुवाटोमा अल्मलिन पुग्यो । यो ढुलमुले प्रतिक्रियावादमा पतन मात्र भएन की प्रतिक्रियावादी संचालनको महामहिम मालिक समेत हुनपुग्यो ।

१० वर्षे जनयुद्धको नेतृत्व गरेर आएको तत्कालिन नेकपा (माओवादी) को मुख्य नेतृत्वमा पनि विश्वव्यापी दृष्टिकोण उहि माले एमालेको निरन्तरताको भन्दा खासै फरक देख्न सकिएन । मालेमावादको आधारभूत सिद्धान्त र नेपाली सर्वहारा वर्गको मुक्तिको मूल्य मान्यतालाई दरोसंग पक्रिने भन्दा पनि नवसंसोधनवादको उहि मुलबाटो हुँदै विजातीय दक्षिणपन्थी संसोधनवादको तत्वमा विलय हुन पुग्दा घोर प्रतिक्रियावादीको खेल्ने खेलौनाझै हुन पुगेको जस्तो देखा पर्न गयो । यसले नेपाली क्रन्ति र आम सर्वहारा प्रति पुन गद्धारी हुनपुग्यो ।

विश्वदृष्टिकोण र नेपाली समाजमा मुख्य अन्तरविरोधलाई सहि तरिकाले बुभ्mन र आफु रुपमान्तरण हुन नसक्दा माओवादी आन्दोलनको रक्तरञ्जित इतिहासको वलबाट नेपालमा समान्तवादको पर्खाल त भत्कीयो तर दक्षिणपन्थी संसोधनवादको नयाँ रुपमा उद्य भयो । यो एतिहासिक उपलब्धीलाई मास्न अनेकौ नामधारी दक्षिणपन्थी र याथास्थितीवादी शक्तिहरु कम्मर कसेर लागेका छन् ।

यसको रक्षा गर्न मुख्य कम्युनिष्ट पार्टी र समाजवादी शक्तिहरु एकै ठाउँमा उभिन जरुरी हुन्छ । विभाजित तत्कालिन नेकपाका वहुमत सचिवालय सदस्यहरुले समाजवादी केन्द्र निमार्णको कसरत गरिरहेका छन् । यो स्वागत योग्य छ । जनताले लडेर ल्याएको यो व्यवस्था जोगाउन नसके नेपाली कम्युनिष्ट आन्दोलनको झाल झै काटिने निश्चित छ । । झाल रहे मात्र चिचिला लाग्छ ।

अन्यथा आउने परिणामको सामना गर्ने हैसियत मासिएर जानेछ । समाजवादी केन्द्रको छायामा सिंगो कम्युनिष्ट आन्दोलनको मर्म र भावना जीवित रहने गरी समाजवादी केन्द्र निमार्णको शुभकामना छ । आजको नेपाली समाज चेतनाले सुसजित भएको छ । ढाट, छल, कपट धुवाको पर्दाझै हुनेछ । चेतना होस् ।

यो विचार समग्र मिडिया प्रा. लि. (कर्पोरेटबजार डटकम)को वार्षिक स्मारिका २०७९ मा प्रकाशित भएको छ।


लघुवित्तमार्फत सन्तुलित विकास र समृद्धि : रामबहादुर यादव

लघुवित्तमार्फत सन्तुलित विकास र समृद्धि : रामबहादुर यादव

वि.सं.२०८० फागुन २९ मंगलवार ११:३०

नेपालमा लघुवित्तको सुरुवात भएको तीन दशक नाघिसकेको छ । परम्परागत...

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

देश विकासको भिजन: पूर्व अर्थमन्त्री पाण्डे

देश विकासको भिजन: पूर्व अर्थमन्त्री पाण्डे

वि.सं.२०८० फागुन ५ शनिवार २१:४९

सामान्य समाज विकासको अध्यायमा कृषि युगपछि उद्योगधन्दा, बन्द व्यापार र...

पालिका संख्या मर्जरमा जानु आवश्यक : बालानन्द पौडेल

पालिका संख्या मर्जरमा जानु आवश्यक : बालानन्द पौडेल

वि.सं.२०८० फागुन ५ शनिवार २१:२५

नेपाललाई विकासको हिसाबले अगाडि बढाउने क्रममा पञ्चायतदेखि नै गाउँ पञ्चायतको...