back

पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ  : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रको लागि निजी क्षेत्र नै अगाडि सर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म कुनै विकल्प नै छैन । सरकार अगाडि सरेर स्वास्थ्य क्षेत्रमा विकासका कामहरु अगाडि बढाउन सकिन्छ, आधारभूत शिक्षामा पनि काम गर्न सकिन्छ तर पर्यटन क्षेत्रमा काम गर्नको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । निजी क्षेत्र अघि सरकारी क्षेत्र पछि अनि मात्र पर्यटनको विकास सम्भव छ ।’

यस्तै, उनले पर्यावरण मैत्री पर्यटनको विकास गर्नुपर्ने भन्दै प्रकृतीमाथिको अतिक्रमणको खतरा जोगिएर पर्यटनको विकास गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘पर्यावरणमैत्री पर्यटनको विकास यसले हाम्रो प्रकृतीलाई जोगाउने, प्रकृतीमाथिको जुन अतिक्रमणको खतरा छ त्यो खतराबाट जोगिएर पर्यटनको विकास गर्ने कुरा हामीले ध्यान दिनुपर्छ । त्यस्तै अहिले डिजिटल समयमा यो आईटिले विकासको शिखर चुमेको अवस्थामा हामीले डिजिटल माध्यमबाट डिजिटल कलचर्ल टुरिजम्लाई प्रवद्र्धन गर्ने, यसको विकास, प्रचार गर्ने काम हामीले समात्नु पर्नेछ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...