back

चार महिनामा वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब

काठमाडौं । देशमा संचालित २० वाणिज्य बैंकहरुको कुल सम्पत्ति चालु आवको पहिलो चार महिनामा साढे ७४ खर्ब पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको कुल सम्पत्ति ६ खर्ब ७१ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको अवधिमा वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ । बैंकहरुको कुल सम्पत्ति गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.२९ प्रतिशतले बढी हो ।

चालु आवाको कार्तिक महिनासम्म सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ । बैंकको कुल सम्पत्ति १४.८४ प्रतिशतले बढेर ६ खर्ब ४९ करोड ९७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सम्पत्ति ५ खर्ब ६५ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी धेरै सम्पत्ति हुने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकसँग ६ खर्ब ६ अर्ब ६० करोड ५४ लाख रुपैयाँको सम्पत्ति रहेको छ ।

कार्तिक महिनासम्मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुन सम्पत्ति ५ खर्ब ८० अर्ब, राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २० अर्ब ६३ करोड, कुमारी बैंकको ४ खर्ब ७७ अर्ब, लक्ष्मी सनराइज बैंकको ४ खर्ब १७ अर्ब, प्रभू बैंकको ३ खर्ब ७९ अर्ब, कृषि विकास बैंकको ३ खर्ब ६६ अर्ब, हिमालयन बैंकको ३ खर्ब ९६ अर्ब र नेपाल बैंकको ३ खर्ब ६४ अर्ब रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

त्यस्तै, प्राइम बैंकको ३ खर्ब, एभरेष्ट बैंकको २ खर्ब ९१ अर्ब, सानिमा बैंकको २ खर्ब ४५ अर्ब, सिटिजन बैंकको २ खर्ब ३६ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब ३१ अर्ब, माछापुच्छ्रे बैंकको २ खर्ब ४ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ खर्ब ६३ अर्ब १ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ३ खर्ब २१ अर्ब, एनएमबि बैंकको ३ खर्ब २० अर्ब रुपैयाँ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...