back

छिमेक लघुवित्तको २३औं वार्षिक साधारण सभा सम्पन्न

nactional life

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिले आफ्नो २३औं वार्षिक साधारण सभा हेटौंडास्थित होटल सामना प्रालिमा पुष २९ गते सम्पन्न गरेको छ।

सभामा संस्थाका अध्यक्ष रामचन्द्र जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हासिल गरेका वित्तीय उपलब्धिहरूलाई उल्लेख गरे।

२०५८ सालमा स्थापना भएको छिमेक लघुवित्तले आर्थिक वर्ष २०८०र८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९.२५ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। संस्थाले सोही मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयरसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

साधारण सभाले संस्थाको चुक्ता पूँजी रु २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० बाट वृद्धि गरी रु ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुर्‍याउने निर्णय समेत पारित गरेको छ।

सभामा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना संचालकको निर्वाचन गरिएको छ। कर्ण बहादुर घले र दिलिप राज रेग्मी आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित भए ।

कार्यक्रमका दौरान प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था, वित्तीय उपलब्धि, र भावी योजनाबारे मन्तव्य राख्दै लघुवित्त कार्यक्रमलाई थप सुदृढ बनाउन रणनीतिक योजना अघि बढाइने बताए ।

लघुवित्तले महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले काठमाडौंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय राखेर ६९ जिल्लाका १९७ शाखामार्फत ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यलाई लघुवित्त सेवा पुर्‍याउँदै आएको जानकारी गराए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...