back
Naima

सूर्या लाइफको नाफामा ११.८ प्रतिशतले बढ्यो

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ३३.४१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
प्रथम त्रैमासमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा १७ करोड ११ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीले १९ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ११.८ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले ११ करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षमा गत वर्षको यही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ९ करोड २० लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर ११ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

प्रथम त्रैमासमा कम्पनीको जीवन बीमा कोषको आकार ४२.५७ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ८ अर्ब ७ करोड रुपैयाँमा मात्र थियो।

गत वर्ष ७६ करोड १ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ९७ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ लाख ८९ हजार १९२ बीमालेख संख्या जारी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ लाख ५५ हजार २२७ बीमालेख जारी गरेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३९.२६ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...