back

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४४.५० करोड

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१८ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा यस्तो आय ४ करोड ५५ लाख रुपैयाँ गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले १५ करोड ७२ लाख ५२ हजार खुद दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीको खुद नाफा ९.२८ प्रतिशतले बढेको छ। कम्पनीले यो अवधिमा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा १२ करोड २३ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ३६ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा बीमा कोषमा १ अर्ब ११ करोड रुपैयाँको थियो । जगेडा तथा कोषको आकार भने घटेर ६३ करोड ८८ लाख रुपैयाँ सीमित भएको छ । गत वर्ष जगेडामा ८९ करोड ७४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीले ७६ हजार ९७ वटा बीमालेख जारी गरेको छ। गत वर्ष यही अवधिमा ७६ हजार ९२५ बीमालेख जारी गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५६.९१ गुणा र प्रतिसेयर नेटवर्थ २२६.७६ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...