नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरूलाई नगरकोटको क्लब हिमालयमा विषेश छुट
वि.सं.२०८१ मंसिर २० बिहीवार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र क्लब हिमालय, नगरकोट बीच छुट सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र क्लब हिमालय, नगरकोट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरूलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।
प्रकाशित समय : १२:१६ बजे






















