back

सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।

संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका छन् ।

समारोहमा करिव १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरि करिव ३०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।

बैंक संचालक समितिका अध्यक्ष पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुश गरेको बताए । आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौंसला मिलेको उनको भनाई छ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले अवार्डको प्राप्ती संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट संम्भव भएको बताए । आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता व्यक्त गरे ।

द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ । यसै अनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।


६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:१४

काठमाडौं । चालु आवको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीको...

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:०५

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपाल सँगको सहकार्यमा काठमाडौं,...

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

वि.सं.२०८१ माघ ११ शुक्रवार १२:०९

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना...

राष्ट्र बैंकले गर्यो बैंकदेखि फाइनान्सहरुलाई कारवाही, को को परे ?

राष्ट्र बैंकले गर्यो बैंकदेखि फाइनान्सहरुलाई कारवाही, को को परे ?

वि.सं.२०८१ माघ १० बिहीवार १०:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वि.सं.२०८१ माघ १० बिहीवार १०:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको...

सरकारको प्रमुख सहयात्री राष्ट्रिय वाणिज्य बैंक, पुँजी ५२ अर्ब ४ करोड (बैंकको इतिहास सहित)

सरकारको प्रमुख सहयात्री राष्ट्रिय वाणिज्य बैंक, पुँजी ५२ अर्ब ४ करोड (बैंकको इतिहास सहित)

वि.सं.२०८१ माघ १० बिहीवार १०:२८

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा...