back

कुमारी क्यापिटलको अनलाइन डिम्याट खाता तथा लगानी मेला

काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले नव वर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती ब्यवस्थापन सम्बन्धी परामर्श र बजारीकरण रणनीति सम्बन्धी निःशुल्क सेवा सञ्चालनमा ल्याएकोे छ ।

साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ ।लगानी मेलाबाट यस संस्थाले सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ ।

लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरुद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन्। त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरको रुपमा लिन सकिनेछ ।

साथै, अनलाइनमार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइट मा गई अनलाइन मा क्लिक गरि अनलाइनमा गई सम्पूर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ ।

यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि नि:शुल्क गरिएको छ। साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पूर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला सञ्चालन हुनेछ।

यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आवद्ध भई लाभ लिन सकिने छ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालस्थित कार्यालयमा सम्पर्क गरी अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...