सूचना : असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे फ्रिज हुने
वि.सं.२०७८ असार १६ बुधवार
काठमाडौं । के तपाइले डिम्याट खाता नवीकरण गर्नु भयो ? यदी गर्नु भएको छैन भने गरी हाल्नुस् किनभने यही असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे खाता फ्रिज हुने भएको छ ।
अहिले निक्षेप सदस्यहरुले सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरिरहेका छन् ।
प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन् ।
हालसम्म देशभर ३५ लाख ५७ हजारले डिम्याट खाता खोलेका छन् । यस्तो डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य)को संख्या ७७ छ ।
जुन निक्षेप सदस्यकोमा खाता खोलेको हो, सोही सदस्यकोमा गई खाता नवीकरण गर्न सकिनेछ। साथै पछिल्लो समय अनलाइनबाट रकम भुक्तानी गरेर पनि खाता नवीकरणका लागि आग्रह गर्न सकिन्छ ।
२०७८ असार १६ गते प्रकाशित ।
प्रकाशित समय : ०९:१९ बजे






















