back
himalayan life

नेपाल फाइनान्सले ललितपुरलाई गाभ्दै, असार मसान्त भित्रैबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौँ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई आफुमा विलय गर्नका लागि नेपाल फाइनान्सलाई स्वीकृति दिएको हो ।

नेपाल फाइनान्सको गत जेठ २८ गतेको विशेष साधारण सभाबाट ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने सभ्झौता पारित गरेको थियो ।
केन्द्रीय बैंकले मंगलबार दुवै फाइनान्सलाई विलयको अन्तिम स्वीकृति दिइएको व्यहोराको पत्र पठाएको छ ।

नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले असार मसान्त भित्रमा नै एकीकृत कारोबार सुरु गर्ने बताए । यसका लागि कम्पनी रजिष्ट्रारका साथै अन्य सम्बद्ध निकायमा गरिनु पर्ने काम तिब्र पारिएको उनको भनाई छ ।

हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैंया छ । ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पूँजी झण्डै ४९ करोड रुपैंया पुग्नेछ ।

राष्ट्र बैंकले वित्तीय संस्थाहरुको न्युनतम चुक्ता पूँजी ८० करोड हुनु पर्ने व्यवस्था गरेको छ ।

२०७८ असार १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...