back

नेप्सेले खोल्यो ‘आफ्टर मार्केट अर्डर’को बाटो, तर ब्रोकरको प्राविधिक सुस्तताले लगानीकर्ता अलमलमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ आज (वैशाख ७ गते) देखि कार्यान्वयनमा ल्याएको छ।

नयाँ व्यवस्थाले लगानीकर्तालाई नियमित बजार समयबाहेक पनि सेयर खरिद-बिक्रीको अर्डर राख्न पाउने ‘आफ्टर मार्केट अर्डर’ (AMO) को कानुनी बाटो खोलिदिएको छ। तर, कार्यान्वयनको पहिलो दिन नै लगानीकर्ताहरू यो सुविधा प्रयोग गर्नबाट वञ्चित भएका छन्।

नयाँ नियम लागू भइसक्दा पनि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (TMS) मा अर्डर राख्ने विकल्प पहिले जस्तै ‘डिसेबल’ देखिएपछि लगानीकर्ताहरू अन्यौलमा परेका हुन्। यस विषयमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेले नीतिगत अवरोध हटाइसकेको तर यसको वास्तविक कार्यान्वयन ब्रोकरहरूको प्रणालीमा निर्भर रहने बताएका छन्।

पराजुलीका अनुसार, “नेप्सेले यो सुविधालाई वैधानिकता दिएको हो। अब ब्रोकरहरूले आफ्नो सिस्टम र पूर्वाधार तयार पारी यसलाई ‘एक्टिभ’ गराउनुपर्छ। यो सुविधा दिने वा नदिने भन्ने कुरा अब ब्रोकर र उनीहरूको प्राविधिक क्षमतामा भर पर्छ।”

विशेष गरी कार्यालय समयमा व्यस्त रहने साना लगानीकर्ताका लागि यो व्यवस्था निकै उत्साहजनक मानिए पनि ब्रोकर र टिएमएस भेन्डर (वाइको लगायत) बीचको समन्वय अभावले पहिलो दिन यो सुविधा ‘कागजमै सीमित’ बन्न पुगेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...