back

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने साढे ११ अर्ब माथि

३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेर पुनः २७ सय मुनि नै बन्द भएको छ।

आइतबार नेप्से परिसूचक १०.२५ अंक घटेर २६९८.४४ विन्दुमा आइपुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८५अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

नेप्से घटे पनि आइतबार कारोबार रकम भने अघिल्लो दिन भन्दा बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आइतबार भने ३३० स्टकको १ लाख ११ हजार ९७८ पटकको कारोबारमा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँबराबरको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन सुपर माई हाइड्रोपावर, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, हिमालयन हाइड्रोपावर ५.३९ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.४९ प्रतिशत बढेको छ । यस दिन कालिन्चोक दर्शनको शेयर सबैभन्दा धेरै ८.९१ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ८.२९ प्रतिशत तथा नारायणी डेभलपमेन्ट बैंक ५.६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखुखोला जलविद्युत कम्पनीकोे करिब साढे ५१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनकिो कारोबार रकम ४७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमुहको परिसूचक ०.०८ प्रतिशत तथा अन्य समूह परिसूचक ०.४६ प्रतिशतले बढेको छ ।  होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १.३० प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशतले घटेको छ ।

बैंक, विकास बैंक, वित्त कम्पनी, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुएल फन्ड, निर्जीवन बीमाको उपसमूह परिसुचक भने १ प्रतिशत भन्दा कमले घटेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...