back

घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । दशैँ बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। दशैँ अघिको अन्तिम कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ५८.५५ अंक घटेर २६०४.९६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंक घटेको छ।

 

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। दशैँ अघिको अन्तिम कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३२६ स्टकको ५५ हजार ४५० पटकको कारोबारमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक मूल्य बढेका १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन्। जसमध्ये सेन्चुरी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ३१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १९ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

nactional life
Corporatebazar 11 Anniversary

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:५७

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज...

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका...

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५६

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) मा प्राथमिक सार्वजनिक निष्कासन...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:१८

काठमाडौं । दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा...

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

वि.सं.२०८३ वैशाख २२ मंगलवार ०९:५९

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि...