दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
वि.सं.२०८२ असोज २१ मंगलवार
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४ औँ डफ्फाका शान्ति सेनालाई बदली गर्नको लागि नयाँ गोरख गणको १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरू मिसन इलाका प्रस्थान गरेका हुन्।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७ सय ५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
प्रकाशित समय : १५:२९ बजे





















