back
skip this gaugauma singhadarbar

९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसुचक घटेको छ । आज नेप्से पसिुचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कुल ३१९ स्टकको ५ अर्ब २ करोड १० लाख ४ हजार ८१६ रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ । यसअघि बुधबार ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३२.१० रुपैयाँले बढेर ३५३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८०.१९ रुपैयाँले बढेर १५७३.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८.९५ रुपैयाँले बढेर ३२१.४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सानीमा ग्रोथ फण्डको शेयर मूल्य ०.२९ रुपैयाँले बढेर प्रतिकित्ता १०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन जनउत्थान सामुदयिक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.५३ प्रतिशतले घटेर ५७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, पञ्चकन्या हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशतले घटेर ३९६.०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिमालयन रिइन्स्योरेन्स,  बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।


कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:१८

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि...

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ भदौ १७ मंगलवार १६:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले...

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

वि.सं.२०८२ भदौ १७ मंगलवार ०९:२९

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका...

१२ अंकले बढ्यो शेयर बजार

१२ अंकले बढ्यो शेयर बजार

वि.सं.२०८२ भदौ १६ सोमवार १५:३९

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज...

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

वि.सं.२०८२ भदौ १६ सोमवार १०:१८

काठमाण्डौ । बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ...