back

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ ।

सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो ।

सोमबार १.९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अंकले बढेको छ । आज फ्लोट इण्डेक्स पनि २.३६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२७ अंकले बढेको छ ।

यसदिन सामुदायिक लुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तिको शेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

न्यादी हाइड्रोको शेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन धेरै कमाउनेमा बरुण हाइड्रो, राप्ती हाइड्रो र सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था पनि रहेका छन् ।

यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यसको शेयर मूल्य आज २.१३ प्रतिशतले अर्थात १ हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैंयाँ र २९.९७ रुपैयाँले घटेको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चर, राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र सप्तकोशी विकास बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ ।


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ असार १७ मंगलवार ११:५९

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर...

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...