back

विपद्को समयमा निजी हेलिकप्टरको निशुल्क प्रयोगबारे सम्झौता

काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने जानकारी दिए । त्यस्तै, उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनपर्ने र अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने पनि सम्झौतापत्रमा उल्लेख छ ।

उनले भने,‘काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको उद्दार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने कुरा जुन गर्नुभएको छ। यो अत्यन्त महत्वपूर्ण काम भएको छ । देशको सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा नै छ । काठमाडौं उपत्यका बाहिरको उद्दारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकाँही अपर्यात हुन सक्छ । त्यस्तोबेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने भन्नुभएको छ ।’

उनले अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने बताए । विगतको अनुभव हेर्दा धेरै ठूलो क्षतिबाट नागरिकको र सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

उनले भने,यो हस्ताक्षरसँगै हामीले एउटा राम्रो कामको थालनी गरेको छौं । हामीले विपद्को अत्यन्तै जोखिम भएको भूगोलमा छौं । अहिले त्यसैपनि मनसुनको प्रारम्भ चरणमा छौं । मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ । विगतको अनुभवले पनि के देखाएको छ भने धेरै ठूलो क्षतिबाट नागरिकको सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्छ ।’


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...