मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट
वि.सं.२०८२ वैशाख ३० मंगलवार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ बिन्दुमा झरेको छ । आज ३१४ कम्पनीका २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।
आज क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्माको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, न्यादी समूहको ५२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड, सानिमा माइ हाइड्रोपावरको ४७ करोडको कारोबार भएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ।
प्रकाशित समय : १५:३४ बजे






















