back
Naima

एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् ।

उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रबृत्तिलाई हटाउन आग्रह गरे ।
मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरुलाई व्यवसायीहरुले ‘आतङकारी’को रुपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला । सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ । विगार्न त हामी सबैले माथिदेखि तलसम्म विगारेका छौ । कोहीपनि अछुतो छैनौं ।’

उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए । उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे ।

‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौं । छ भने मलाई भन्नुस् । अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन् । त्यो कानूनमा पनि छैन् । कर्मचारीहरु नै जानुहुन्छ । प्रेस विज्ञप्ति (रिलिज) निकाल्छौ । प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरुलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न । मेरो जवाफ यदि हो । काम गर्नेलाई आतंङकारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृतिलाई आजैदेखि हटाइदिनु होला । त्यसपछि मात्र हामी सफल बन्छौ,’ उनले भने ।

यसैगरी उनले एमआरपीमा उद्योगी र आयातकर्ताको वाहेक अरुको अधिकार नभएको भन्दै यदि भए त्यो स्पष्ट रुपमा चोरी गरेसरह हुने बताए । ‘एमआरपी दुई प्रकारको हुन्छ । एउटा उद्योगीको एपआरपी अर्को आयातकर्ताको एमआरपी, तेस्रो एमआरपी नैं हुँदैन । यदी एमआरपी हुन्छ भने उ आयातकर्ता हुनैपर्यो, उद्योगी हुनैपर्यो । तेस्रोको एमआरपी हुँदैन् । त्यो अधिकार कानूनले दिंदैन । अधिकारले नदिएको काम गर्नु भनेको चोरी हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

वि.सं.२०८३ साउन २८ बिहीवार १४:०२

काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले...

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार १०:४१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि...

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२४

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य...

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:१७

काठमाडौं । सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै...