नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट : १ लाख ८४ हजार आवेदकले पाए शेयर
वि.सं.२०८१ फागुन २३ शुक्रवार
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
आईपीओमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
प्रकाशित समय : ११:५५ बजे



















