सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, सभाले पारित गर्यो २० प्रतिशत लाभांश
वि.सं.२०८१ पुस ७ आइतवार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बीमा कम्पनीहरु मध्ये ८०र८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । विराटनगरस्थित बिग होटलमा भव्य रूपमा सम्पन्न साधारण सभाले लाभांश पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको हो ।
सभाले कम्पनीको गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ । यसका साथै सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ ।
प्रकाशित समय : १२:१५ बजे






















