केचप किन्दा बर्गर फ्री, १ रुपैयाँमा चिकन बिर्यानीसहित बम्परमा आइफोन १६ उपहार
वि.सं.२०८१ पुस ७ आइतवार
काठमाडौं । पठाओ नेपालले पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ ।
नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले पुष ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्न लागेको हो ।
‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकामा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ ।
एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । सुपरफेस्टमा पठाओ फूडमा मात्रै नभइ राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
पठाओ नेपालका निर्देशक सुरक्षा हमालका अनुसार यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फूड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एप भित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने छ ।
सुपरफेस्टमा केचप किन्दा पिज्जा फ्रि, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकन बिरयानीमा चिकन सेकुवा फ्रि, १ मा दुई क्रन्ची चिकन बर्गरर बीबीक्यू चिकन विङ्ग्सरचिकन राइस बउलरमिट लभर्स पिज्जारचिकन बिर्यानी लगायतका अफरहरु उपलब्ध गराइएको छ ।
कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ‘पठाओ एलियन’ को भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन गत बर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो ।
मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडियो प्रतिश्पर्धा समेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरुसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्यूजका आधारमा एक जनालाई १० हजार नगद उपहार प्रदान गरिने छ ।
यी अफरहरु हरेक दिन विहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । साथै फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निस् शुल्क डेलिभरी प्रदान गरिनेछ । कस्टमरले प्रत्येक फूड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउने कम्पनीले जनाएकोे छ ।
कम्पनीका अनुसार सेवाग्राहीले स्क्रयाच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा ३५० को छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राङ्क्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडियो बाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रुपैयाँको छुट, मिशिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन् ।
साथै, यति एयरलाइन्सको फ्लाइट बुकिङमा रु ५ सय छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा रु पाँच सय बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा २०० छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरुले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन् ।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट(९२०२४’ आयोजना गरेको हो । गत वर्षहरुमा आयोजना गरिएका पठाओ सुपरफेस्ट भव्यरुपमा सफल भएपछि कम्पनीले यस वर्ष पनि सुपरफेस्ट आयोजना गर्न लागेको हो ।
गत बर्ष सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा फूड डेलिभरी लिन जाने पठाओ हिरोहरूको भिड देखिएको थियो । गत वर्ष पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ कमाएको निर्देशक हमालले बताइन् ।
प्रकाशित समय : १२:०८ बजे






















