नेपालमै पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
वि.सं.२०८१ पुस ३ बुधवार
काठमाडौं । डिजिटल बैकिङलाई उच्च प्राथमिकतामा राख्दै बिगत अठार वर्ष देखि आम नेपाली सर्वसाधारण गा्रहकहरु माझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत नै “सेयर आवेदन र सीआरएन नम्बर” सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।
सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत ग्राहकहरूले सिधै आईपीओरएफपीओ र हकप्रद सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् ।
कारोवार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् । आईपीओरएफपीओ र हकप्रद सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्धता पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र भंmझट मुक्त सुविधा प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउनेछ ।
प्रकाशित समय : १७:४४ बजे





















