साताको अन्तिम दिन नेप्से परिसूचक ३१.३१ अंकले घट्यो
वि.सं.२०८१ मंसिर ६ बिहीवार
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहारो अंकले घटेको छ । बिहीबार, नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ अंक विन्दुमा रोकिएको छ ।
आज नेप्से परिसूचक घटेपनि रसुवागढी रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य करिव १८ रुपैयाँ अर्थात ४.१० प्रतिशतले बढेको हो ।
आज १ करोड ८३ लाख कित्ता शेयर ८ अर्ब १६ करोड ३७ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको २३ करोड ३३ लाख, रसुवागढी हाइड्रोपावरको १९ करोड ७९ लाख, हिमालय उर्जा विकास कम्पनीको १८ करोड ३० लाख, कर्णाली डेभलपमेन्ट बैंकको १६ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:१५ बजे





















