back
himalayan life

हुन्डाईले सार्वजनिक गर्‍यो पहिलो थ्री–रो ईभी एसयूभी

काठमाडौं। हुन्डाई मोटरले बुधबार आफ्नो पहिलो तीन सिट पंक्तिको विद्युतीय एसयूभी (थ्री-रो ईभी) आयोनिक ९ सार्वजनिक गरेको छ।

ठूलो परिवारलाई लक्षित गर्दै र यस प्रकारका गाडीहरूको बढ्दो बजारमा आफ्नो बलियो स्थान बनाउन कम्पनीले यो नयाँ गाडी ल्याएको हो।

साथै हुन्डाईको आयोनिक ९ नाम दिइएको यो गाडी सन् २०२५ को सुरुमा अमेरिका र दक्षिण कोरियाली बजारमा उपलब्ध गराइनेछ । यसको रेन्ज ४८२ किलोमिटरभन्दा बढी छ । युरोप र अरू बजारमा त्यसपछि गाडी उपलब्ध गराइने कोरियाली कम्पनीले जनाएको छ ।

मिनिभ्यान र अरू गाडीलाई विस्थापित गर्दै परिवार र साथीहरू एकसाथ सहर घुम्नेदेखि रोड ट्रिपमा जान थ्री–रो एसयूभी मुख्य साधन बन्दै गएको छ ।

गाडीको फिचर छिटो चार्जिङ सुविधा आयोनिक ९ फास्ट चार्जिङमार्फत २४ मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

टेस्लाको सुपरचार्जरसँग अनुकूलता: यस गाडीलाई टेस्लाको सुपरचार्जर नेटवर्कबाट चार्ज गर्न सकिने सुविधा छ।

थ्री-रो ईभी बजारको प्रतिस्पर्धा
आयोनिक ९ सँग प्रतिस्पर्धा गर्न अन्य गाडी निर्माताहरूले पनि थ्री-रो ईभी ल्याउँदै छन्। लुसिड, जेनरल मोटर्स, भोल्भो र भिनफास्टजस्ता कम्पनीले हालै आफ्ना तीन पंक्तिका विद्युतीय एसयूभी सार्वजनिक गरेका छन्।

त्यस्तै लुसिड, जेनरल मोटर्स, भोल्भो, भिनफास्टलगायत कम्पनी थ्री–रो ईभी सार्वजनिक गर्ने तयारीमा छन् । भने हुन्डाईको कियाले समेत यो गाडी ल्याइसकेको छ ।

हुन्डाईको उक्त थ्री–रो आयोनिक ९ फास्ट चार्जिङबाट २४ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने जनाइएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...