सूर्योदय वोमी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
वि.सं.२०८१ मंसिर ५ बुधवार
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर सहित १ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रकाशित समय : १३:०७ बजे






















