लक्ष्मी सनराइज बैंकको साढे ४० लाख संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ मंसिर ३ सोमवार
काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा ल्याएको । बैंकको संस्थापक समूहको साढे ४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयरमध्ये ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै उक्त शेयर खरिद गर्न पाउनेछन् ।
शेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको काठमाडौंको हात्तीसारस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
प्रकाशित समय : १२:२२ बजे





















