back
skip this gaugauma singhadarbar

सनलाइफ क्यापिटलद्वारा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । सनलाइफ क्यापिटल लिमिटेडले ‘धितोपत्र लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरेको छ। कम्पनीले धितोपत्र बजारमा लगानीलाई प्रोत्साहन र सचेतना फैलाउन शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलद्वारा आयोजित यो कार्यक्रम धितोपत्र बोर्डको समन्वयमा देशव्यापी रूपमा सम्पन्न भएको हो ।

यो कार्यक्रम विभिन्न उमेरसमुहका लगानीकर्ता, युवा विद्यार्थी, व्यवसायिक महिला तथा उद्योग व्यवसायीलाई लक्षित गर्दै आयोजना गरिएको थियो । कार्तिक ८ गते बनेपामा सम्पन्न यस कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभूमि, प्राविधिक विकास, लगानीका आधारभूत पक्षहरु, धोकाधडी तथा घोटाला रोकथाम, सामुहिक लगानी कोष र योजना, तथा लगानी व्यवस्थापन सम्बन्धी बृहत छलफल भएको हो।

यस्तै, कार्तिक ११ गते काठमाडौंको गल्कोपाखामा युवा विद्यार्थीहरूलाई लक्षित गरी शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा वित्तीय बजार, धितोपत्र बजार र वस्तु विनियम बजारको ज्ञानसँगै, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु र प्राथमिक तथा दोस्रो बजार सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको हो। विद्यार्थीहरुको उत्साहजनक सहभागिताले कार्यक्रममा थप ऊर्जा भरिएको थियो।

सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट अनुमोदित मर्चेन्ट बैंकर हो जसले धितोपत्र प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ।


नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८२ भदौ २५ बुधवार १३:१६

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै...

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

वि.सं.२०८२ भदौ २५ बुधवार १२:४६

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका...

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१२

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै...

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:१८

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि...