प्रभु बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ कात्तिक २ शुक्रवार
काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुकले आज देखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
यसअघि बैंकका विद्यमान संस्थापकहरूलाई शेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो शेयरको भाउ भने तोकेको छैन ।
प्रकाशित समय : १३:३९ बजे




















