back

नेप्से २.११ अंकले बढ्यो

काठमाडौँ । तीव्र उतारचढावका बिच बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार २.११ अंकले बढ्दै नेप्से सूचक २९ सय ६८.४४ विन्दुमा उक्लिएको हो ।

आइतबार नेप्से सूचक ३४.४७ अंकले घट्दै २९ सय ६६.३३ विन्दुमा झरेको थियो ।आइतबार २८ अर्ब २७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम भने झण्डै १० अर्ब रुपैयाँले घट्दै १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

सोमबार र मंगलबार बिदा भएकाले सेयर कारोबार पनि बन्द रहेको थियो ।

बुधबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

बुधबार एक सय वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकले समान १० प्रतिशतले गुमाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...