back
himalayan life

एकै वर्षमै दोब्बर बढ्यो आइएमई लाइफको नाफा: बिजनेश ग्रोथ पनि दोहोरो अंकमा बढ्यो

काठमाडौं । आइएमई लाइफको नाफा एकै वर्ष दोब्बर बढेको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले खुद ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १४५.०५ प्रतिशत अर्थात् २.४५ गुणा बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २० करोड ९९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको व्यापार अर्थात् कुल बीमा शुल्क आर्जन पनि दोहोरो अंकले बढेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो बीमा शुल्क १३.२४ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ११ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बढी थियो ।

खुद बीमा शुल्क आर्जन पनि १४.४३ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो बीमा शुल्क आर्जन ३ अर्ब ९५ करोड १९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने भने बढेर ४ अर्ब ५२ करोड २१ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १० रुपैयाँ २९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५९ पैसा छ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशत बढेर ९ अर्ब ९९ करोड १२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

हाल कम्पनीले सेयर प्रिमियम ५२ करोड ३८ लाख, रिटेन्ड अर्निङ्गमा १ अर्ब २ करोड २२ लाख र अन्य इक्विटीमा ५५ करोड ६० लाख रुपैयाँ राखेको छ। कम्पनीको महाविपत्ति कोषमा भने १७ करोड ७४ लाख रुपैयाँ देखिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...