back
himalayan life

रेमिट्यान्स सेवालाई थप परिष्कृत बनाउछौं, अब आईएमईको छिट्टै नै आईपीओ जारी गर्छौ : चन्द्र ढकाल

‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो’

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आईएमईले छिट्टै नै आईपीओ जारी गर्ने बताएका छन् । आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले आइएमईलाई चाँडै नै सर्वसाधारणमा लैजाने बताएका हुन् ।

‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो’ -उनले भने ।

रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन दुईवटा रेमिट कम्पनीहरुबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ गरिएको उनको भनाइ छ ।

आजभन्दा करिब २५ वर्ष अगाडि सन् २००१ मा मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा सहज नभए पनि सफलताको यो उचाई स्मरणीय भएको उनले बताए ।

‘नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरु देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो’ विगतलाई स्मरण गर्दै ढकालले भने । उनी भन्छन्, ‘नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ ।’ आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको र पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको समेत उनले बताए । आफूहरूले आईएमई सुरू गर्दा रेमिट बारे जानकारी नै नभएको समेत उनले बताए । ‘हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन। डलर कारोबारको अनुमती सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो । निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरि सकेको थियो’ उनले भने ।

१ कराेड चुक्ता पुँजीमा खुलेकाे आईएमई अहिले १ अर्वकाे कम्पनी हुँदै पहिलाे मर्जर गर्ने कम्पनी बनेको छ । आईएमई खुल्दा २० प्रतिशतमात्र औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिने गरेकोमा अहिले ८० प्रतिशत औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिन सफल भएको समेत ढकालले बताए ।

जसमध्य पनि ५० प्रतिशत आईएमई, जीएमई र ग्लोबल आईएमई बैंकबाट रेमिट्यान्स भित्रिन्छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ ।
व्यवसायलाई सफल बनाउन मुख्य ३ सुत्रले काम गरेको उनले बताए । ‘हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिकरुपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ’ – उनले भने ।

आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय छन् ।

आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेको अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको उनले सुनाए ।

सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना अगाडि बढेको पनि उनले बताए । उनी थप्छन्, ‘हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ ।’

रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको भन्दै उनले नियामक निकैलाई झक्झकाए । ‘रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ’ उनले भने ।आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट विदा लिने पनि जानकारी समेत ढकालले जानकारी गराए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...