back
himalayan life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५० प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ५० प्रतिशत बढेको छ। कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

गत आवमा कम्पनीले कुल ६६ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५०.०८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ४४ करोड ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३६.९४ प्रतिशत बढेर १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ९७ करोड ८३ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीले ७२ करोड ९५ लाख ३४ हजार रुपैयाँ खुद दावी भुक्तानी दिएको छ। यो अघिल्लो आवको तुलनामा ५६.६० प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले ४६ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी दिएको थियो ।

गत आवमा कम्पनीले कुल २ अर्ब ४७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४४.१४ प्रतिशत बढी हो । यता, कुल खर्च भने १ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आवको तुलनामा कम्पनीको कुल खर्च ३७.४४ प्रतिशत बढी हो ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ३८ पैसा बढेर २६ रुपैयाँ ७२ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीले महाविपत्ती कोषमा भने ७ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...