back

प्रभु महालक्ष्मी लाइफको नाफा १०४.४० प्रतिशतले बढ्यो, व्यापार बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशत बढेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०४.४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १७ करोड ९१ लाख ४९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको व्यापारमा पनि उछाल आएको छ। गत आवमा आईपुग्दा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ११३.०८ प्रतिशत बढेर ४ अर्ब ३७करोड २३ लाख ३४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा पनि कम्पनीको यस्तो बीमा शुल्क आर्जन २ अर्ब ५ करोड १९ लाख रुपैयाँ मात्रै रहेको थियो ।

यता, खुद बीमा शुल्क आर्जन पनि १२२. ४० प्रतिशत बढेर ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यसरी व्यापारमा देखिएको उल्लेख्य सुधार नै कम्पनीको नाफामा उछाल आएको हो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ८ रुपैयाँ ५२ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १२७ रुपैयाँ ०३ पैसा छ ।कम्पनीको जीवन बीमा कोषको आकार पनि ४०.४९ प्रतिशत बढेर १० अर्ब २८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनकिो चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको सेयर प्रिमियम १ करोड ९३ लाख छ । यता, कम्पनीले महाविपत्ती कोषमा भने ९ करोड ६ लाख रुपैयाँ राखेको छ । यस्तै, रिटेण्ड अर्निङ्गमा ९५ करोड ६१ लाख र अन्य इक्विटीमामा ९ करोड ५१ लाख रुपैयाँ रहेको छ।

 


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...