back

प्रभु महालक्ष्मी लाइफको नाफा १०४.४० प्रतिशतले बढ्यो, व्यापार बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशत बढेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०४.४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १७ करोड ९१ लाख ४९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको व्यापारमा पनि उछाल आएको छ। गत आवमा आईपुग्दा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ११३.०८ प्रतिशत बढेर ४ अर्ब ३७करोड २३ लाख ३४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा पनि कम्पनीको यस्तो बीमा शुल्क आर्जन २ अर्ब ५ करोड १९ लाख रुपैयाँ मात्रै रहेको थियो ।

यता, खुद बीमा शुल्क आर्जन पनि १२२. ४० प्रतिशत बढेर ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यसरी व्यापारमा देखिएको उल्लेख्य सुधार नै कम्पनीको नाफामा उछाल आएको हो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ८ रुपैयाँ ५२ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १२७ रुपैयाँ ०३ पैसा छ ।कम्पनीको जीवन बीमा कोषको आकार पनि ४०.४९ प्रतिशत बढेर १० अर्ब २८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनकिो चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको सेयर प्रिमियम १ करोड ९३ लाख छ । यता, कम्पनीले महाविपत्ती कोषमा भने ९ करोड ६ लाख रुपैयाँ राखेको छ । यस्तै, रिटेण्ड अर्निङ्गमा ९५ करोड ६१ लाख र अन्य इक्विटीमामा ९ करोड ५१ लाख रुपैयाँ रहेको छ।

 

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...