back

नेपाल इन्स्योरेन्सले ८७ प्रतिशत नाफा बढायो , अन्य सूचक कस्ता छन् ?

काठमाडौँ । नेपालकै पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा ७० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३० लाख नाफा गरेको थियो । जुन नाफा अघिल्लो आवको तुलनामा ८७ प्रतिशतले वृद्धि हो ।

बुधवार प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तिय विवरण अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले अधिकांश सूचकमा वृद्धि गरेको देखिएको छ ।

निर्जीवन बीमा क्षेत्रमा नै पहिलो नाफा कमाउन सफल नेपाल इन्स्योेरेन्सको कुल चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ भने रिजर्भमा १ अर्ब ३७ करोड ४७ लाख राख्न सफल भएको छ । कम्पनीले महाविपत्ति कोषमा ९ करोड ९२ लाख राख्न सफल भएको छ ।

त्यस्तै बीमा कोष १ अर्ब ६२ करोड रहेको छ । गत आवको यसै अवधिमा कम्पनको बीमा कोष १ अर्ब ७२ करोड थियो । कम्पनीको बीमा कोषका केही गिरावट आएको छ ।

३१ करोड २४ लाख रिटेन्ड अर्निङ्गमा राख्न सफल कम्पनी अन्य इक्विटीमा ११ करोड ७७ लाख रहेको छ । कम्पनीले गत आवमा १ अर्ब ६८ करोड ५८ लाख कुल बीमा शुल्क सङ्कलन गर्न सफल भएको छ । अघिल्लो अघिल्लो आवको साही अवधिमा १ अर्ब ५६ करोड ६३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्कमा ७ प्रतिशतले बढोत्तरी भएको छ ।

कम्पनीले पुनर्बीमा मार्फत ९१ करोड ५९ लाख तिरेको छ । अघिल्लो आर्थिक वर्षमा ८३ करोड ८३ लाख तिरेको थियो । नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २१५ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १५:०९

काठमाडौं। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता र आर्थिक सुस्तताका बाबजुद...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...