नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?
वि.सं.२०८१ साउन २९ मंगलवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत, कुल आम्दानी १२.३४ प्रतिशत, कुल दाबी भुक्तानी १२.६५ प्रतिशत, कुल खर्च ११.५८ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ। हाल इन्स्योरेन्सको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
प्रकाशित समय : ११:२७ बजे