back

प्रमोटरलाई जस्तै स्थानीयको शेयर पनि ३ बर्षसम्म लकिङ पिरियडमा राख्नु गलत हाे, यसलाई संशाेधन गर्नुपर्छः अजयबाबु शिवाकोटी

विश्वासको वातावरण बनाउनेकी विगार्ने ?, सरकारले भरोसा दिलाएका कारण नीजि क्षेत्र, शेयर बजार उत्साहित भयो । बजारमा सामान्य चहलपहल देखिन पनि थाल्यो । प्रधानमन्त्री र अर्थमन्त्री आफै बजारलाई उत्साहित बनाउने गरि लागिरहँदा संसदमा बजारलाई निरुत्साहित गराउने अभिव्यक्ति दिने, बेला न कुबेला संसदमै प्वाक्क किन बोल्नु पर्ने ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रमोटरलाई जस्तै आयोजना प्रभावित स्थानीय वासिन्दाको शेयर पनि ३ बर्षसम्म लकिङ पिरियडमा राख्नु गलत भएको र यसलाई संशाेधन गर्नु पर्ने वताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय समिति वैठकमा उनले सोमबार प्रस्तुत गरेको प्रस्तावमा यस्तो धारणा राखेका हुन् ।

‘जलविद्युत सहितका अन्य आयोजनाहरुबाट प्रभावित स्थानीय जनतालाई दिइदै आएको शेयर ती आयोजनाको प्रमोटरलाई जस्तै ३ बर्षसम्म लकिङ पिरियडमा राख्दा उनीहरुले कारोवार गर्न पाइरहेका छैनन्,’ उनले प्रस्तुत गरेको प्रस्तावमा भनेका छन्, ‘आयोजनाका कारण समस्या झेल्नुपर्ने स्थानीय तर अन्य सर्वसाधारणले झैं लाभ लिन बर्षौ कुर्नुपर्ने यो विभेदकारी नीतिले पनि अहिले हजारौं आयोजना प्रभावित स्थानीय सर्वसाधारण रुष्ट छन् ।’

केन्द्रीय सदस्य शिवाकोटीले यसमा तत्काल नीतिगत संशाेधन गर्न पनि यो वैठकले सरकारमा रहेका सम्वन्धित मन्त्रीलाई निर्देशन दिन पनि माग गरेका छन् । यसैगरी, उनले माथिल्लो तामाकोशी आयोजनाको पीपीए दर संशोधन गर्न पनि मा गरेका छन् ।

‘देशैभरका अन्य आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसामा किन्ने प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई हिउँद र वर्खामा एउटै दर ४ रुपैयाँ मात्र दिएर यसका लगानीकर्तालाई पनि रुष्ट पारेको छ,’ उनले भने अहिले माथिल्लो तामाकोशीको पीपीए पुनरावलोकन हुनुपर्ने मागको सम्वोधनका लागि पनि निर्णय होस ।’

यसैगरी केन्द्रीय सदस्य शिवाकोटीले व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच बिजुलीको बक्यौदाका बिषयमा चलेको जुहारीको अन्त्य गर्न पनि माग गरेका छन् । ‘खासमा विश्वास र भरोसा सत्तासहयात्रीहरुमा जति जरुरी छ त्यो भन्दा पनि बढी नागरिक तहमा दिलाउन जरुरी छ,’ उनले भने, ‘विजुली वालेको विल खुरुखुरु तिरेको नागरिक अर्वौ रुपैयाँ वक्यौता नतिर्ने भनिएका संस्था र प्राधिकरणको जुहारी सुनेर रुष्ट छन् ।’

यस्तो छ वैठकमा प्रस्तुत प्रस्तावमाथि केन्द्रीय सदस्य शिवाकोटीको धारणा : सभापतिज्यू, पदाधिकारीज्यूहरु, कार्यसमितिका अग्रज तथा साथीहरु,

नेपाली कांग्रेस केन्द्रीय समितिको यो वैठककै पूर्वसन्ध्यामा पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको विभागीय जिम्मेवारी प्रदान गर्नुभएकोमा पार्टी सभापतिज्यू तथा नेतृत्व तहलाई धन्यवाद ज्ञापन गर्दछु । जिम्मेवारी प्राप्त भए लगत्तै केहि वैठक गरेको छु । अर्को वैठकमा विभागको प्रगति प्रतिवेदन पेश गर्ने छु । अझै पनि कतिपय साथीहरु जिम्मेवार विहिन हुनुहुन्छ उहाँहरुलाई समेत तत्काल जिम्मेवारी दिन तथा विभागहरुलाई पूर्णता दिइ पार्टीलाई क्रियाशिल बनाउन पनि आग्रह गर्दछु ।

महासमिति वैठक यता राजनीतिक वृत्तमा निकै उथलपुथल भए । उथलपुथल गर्ने केहि खेलाडीहरु थन्किएर समिक्षामै व्यस्त छन् । समिक्षा हिजो हामीले पनि गरेका थियौं । कतिपय सन्दर्भमा समिक्षा गर्न ढीलाई पनि गरेका थियौं । ति सबैलाई आफ्नो अनुकुलतामा व्याख्या गर्दै आएका थियौं र छौं । तर यतिखेर हामी जहाँ जुन समयमा उभिएका छौं यहाँ हामीलाई असफल हुने छुट छैन । नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट पनि छैन । भरोसा दिलाउनु पर्ने बेलामा तोड्ने छुट पनि छैन ।

कांग्रेस र एमालेको सहभागितामा बनेको यो सरकारले पनि नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको संचार कस्ले गर्ने ? यो कटु तथ्यलाई नेतृत्व तहका सबै नेताहरुले पक्कै बुझ्नु भएकै छ ।
दुई फरक धुर्वका र प्रतिष्पर्धी राजनीतिक दल एक विशिष्ट परिस्थितिमा सत्ताका सहयात्री हुनुपरेको छ । सत्ता र प्रतिपक्षीको फरक भूमिकामा हुँदा दुबै दलले एक अर्का बिरुद्ध राजनीतिक आरोप प्रत्यारोप गरेका थिए । ति आज पनि रेकर्डेड छन् र जीवित छन् । कतिपय मुद्धाहरु पनि जीवित छन् । परिस्थिति खास बदलिएको पनि छैन । यो केन्द्रीय समितिमा रहेका हामी कान्छो पुस्ताले हिजो एक अर्काविरुद्ध गरिएका आरोप प्रत्यारोपको के भनेर आज बचाउ गर्ने भेउ पाउन सकेको छैन । त्यसकारण पनि यहि वैठकमा हिजो एक अर्का विरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ । आज सरकारमा सँगै आएका कारण मात्र हामीले हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरुले अरु नै कोणबाट उठाएर हाम्रै विरुद्ध प्रयोग गर्ने खतरालाई पनि नजरअन्दाज गर्नुहुन्न भन्ने मेरो मत छ । त्यसैले पोजिसनमा नभएका हामीहरुको पोजिसन वास्तवमै यसकै वरिपरि रहँदै आएको छ ।

विश्वासको वातावरण बनाउनेकी विगार्ने ?

अहिले विश्वासको वातावरण बनाउनु पर्ने आवश्यकता छ । सरकार बनेदेखि नै प्रधानमन्त्री सहित कतिपय मन्त्रीहरु यसका लागि लाग्नु भएको अनुभुती नागरिक तहबाट गरिएको छ । यो सरकारको कामलाई राम्रोसँग जनताको बीचमा लैजान पाइयोस भन्ने हाम्रो पनि चाहना छ । सरकारले भरोसा दिलाएका कारण नीजि क्षेत्र, शेयर बजार उत्साहित भयो । बजारमा सामान्य चहलपहल देखिन पनि थाल्यो । प्रधानमन्त्री र अर्थमन्त्री आफै बजारलाई उत्साहित बनाउने गरि लागिरहँदा हाम्रै पार्टीका जिम्मेवार साथीहरुले संसदमा बजारलाई निरुत्साहित गराउने अभिव्यक्ति दिदा शेयर बजार एक्कासी तल झ¥यो । लाखौ लगानीकर्ताहरुले हाम्रा पार्टीका नेताहरुलाई गाली गरिरहेका छन् । वजारले करेक्सन खोजेको थियो, हुन्थ्यो पनि । तर बेला न कुबेला संसदमै प्वाक्क बोल्दा त्यसको अपजस पार्टीले पनि उठाउनु परिरहेको छ । पार्टी बजारको विरोधी जस्तो छाप पर्न खोजेको छ ।

आज नेपाली कांग्रेसको यो वैठकलाई लाखौं लगानीकर्ता हेरेर बसेका छन् । के हामीले उनीहरुलाई विश्वास र भरोसा दिलाउनेकी नदिलाउने ? प्रधानमन्त्री सहित सहयात्री दलका नेताहरु बजारलाई उत्साहित गराउन लाग्ने अनि हाम्रा नेताहरु भड्काउन लाग्दा विश्वासको वातावरण बन्छ की विग्रन्छ सोचौं । विगतमा पनि सत्तासहयात्रीका बीचमा कुन कुन परिस्थितिमा विश्वासको संकट पैदा भइ वातावरण विग्रिएको थियो त्यो पनि हेक्का राखौं । विश्वासको आर्जन विगतमा उठाइएका कुरालाई कार्पेट मुनी छोपेर मात्र प्राप्त हुँदैन । आम नागरिकमा सरकार र राज्यका संचालकहरुप्रति गुम्दै गएको विश्वासको संकटको परिपूरण कसरी हुन्छ यो वैठकले पहिल्याउनु पर्छ।

राष्ट्रिय परिचयपत्र लिने क्रममा हजारौं सर्वसाधारणले अनेक झण्झट वेहोर्नु परेको छ । नागरिकता साथमा हुँदा हुँदै बनाउन लगाउने देखि अनेक दुख दिने काम भएका कारण नागरिक रुष्ट छन् । संघ देखि स्थानीय तहसम्म कर बुझाउन जाने सर्वसाधारण पनि खुसी भन्दा रुष्ट हुँदै फर्कने अवस्था छ । सरकार आफैले बनाएको राजदुत नियुक्तिको मापदण्ड विपरित नियुक्ती गर्दा अहिले विरोधका स्वर सुनिन थालेका छन्।

यस्ता अनेक प्रकरणहरुमा सरकारहरुसँग रुष्ट रहँदै आएका नागरिकलाई हिजोको श्रीलङका र आजको वंगलादेशको घटना वारम्वार दोहोर्याएर भड्काउवादीहरु भड्काउन उद्यत छन् । नयाँ नायक बन्न खोज्नेहरुले गरेको प्रोपोगण्डाको राजनीतिबाट संक्रमित बन्दै गएको समाजलाई सहि बाटोमा ल्याउन हाम्रा कर्महरु पनि सहि हुन जरुरी छ । हाम्रो पार्टी नेपाली कांग्रेस र सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ । सय दिने सांगठनिक अभियानले यसतर्फ पनि ध्यान पक्कै दिनेछ।

नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता

मैले अघिल्लो वैठकमा पनि पार्टीले सांगठनिक अभियान चलाउँदा नयाँ पुस्ता लक्षित अभियानको आवश्यकताको बारेमा बताएको थिए । खासगरि यो वैठकमा प्रतिनिधित्व नभएको उमेर समूहको नयाँ पुस्ता आज तपाइ हामीप्रति आक्रामक छ जस्लाई हामीले चिनेर पनि नजर अन्दाज गरेका छौं । यहि पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी वहकाइ रहेको छ ? हो यहि कुराको उत्तर खोज्न पनि नयाँ पुस्ता लक्षित कार्यक्रम अझ सार्थक र सघन रुपमा ल्याउनु पर्दछ । पार्टीमा नयाँ पुस्ताको प्रवेशलाई बढाउने कार्यक्रमको डिजाइन गर्नुपर्याे । नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने कार्यक्रम ल्याउनु जरुरी छ ।

नेपाली कांग्रेसको महाधिवेशन भएको ३ बर्ष पुरा हुने क्रममा छ । विधानत २०८२ मंसिर भित्र १५ औं महाधिवेशन गर्न अब समयवद्ध कार्यतालिका ल्याउनु ढीलो गर्नुहुन्न । पार्टीका विभिन्न तहमा पदीय जिम्मेवारी लिएर पनि पुरा गर्न नसकी रिक्त रहेको स्थानमा पदपूर्ती गरि पार्टी समितिहरुलाई काम गर्न सहज बनाउने प्रस्ताव उचित छ । भातृ संस्था, शुभेच्छुक संस्थाको अधिवेशन गर्न ति संस्थाका प्रमुखहरु निर्देशक समितिलाई जिम्मेवार बनाइयोस । स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्दा नै बनाउने भनिएको र यो वैठकमा पेश भएको जनप्रतिनिधी कार्यसम्पादन निर्देशिका सबै तहका जनप्रतिनिधीको लागि लागू गरियोस । टिकट वितरणको लागि आन्तरिक कार्यसम्पादन मूल्याङकनसँगै ‘थर्ड पार्टी’ लाई पनि कार्यसम्पादन मूल्याङकन गर्न लगाएर त्यसलाई पनि टिकट वितरणको मापदण्ड बनाइयोस । चुनाव अघी गठवन्धन गर्ने की नगर्ने भन्ने बिषय महासमितिले टुंगो लगाइसक्यो । वैशाखीको सहारामा होइन आफ्नै बलबुतामा उभिएर प्रतिष्पर्धा गर्ने पार्टी हामीलाई चाहिएको छ, यसैमा ध्यान केन्द्रीत गरौं ।

 


नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

वि.सं.२०८१ भदौ ३० आइतवार १६:४६

काठमाडौं ।साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६३७.७९...

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ ३० आइतवार ११:००

काठमाडौं। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बजारमा उछाल आएको हो...

सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्यो

सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ भदौ २६ बुधवार १५:१२

काठमाडौं । सेयर बजार लगातार छैटौं दिन पनि घटेको छ...

सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त: अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त: अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

वि.सं.२०८१ भदौ २६ बुधवार ११:२५

काठमाडौँ। सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त...

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १५:५९

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता...