सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा
वि.सं.२०८१ साउन २५ शुक्रवार
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्ड योजनाको लाभांश घोषणा भएको छ । क्यापिटलको साउन २४ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।
बैठकले सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेका हुन् ।
प्रकाशित समय : १६:२७ बजे